आश्विन १ गते बाट आन्तरिक हवाई यातायात खुल्ला , लामो दुरीको यातायात पनि सुचारु पचास प्रतिशत बदी भाडा

जनस्वास्थ्य मापदण्ड अपनाएर होटल तथा रेष्टुरेण्ट समेत खोल्ने निर्णय

भाद्र ३० ,काठमाडौँ। सरकारले असोज १ गतेदेखि आन्तरिक हवाई यातायात र लामो दूरीका सवारी चलाउन दिने निर्णय गरेको छ।

मंगलबार बसेको मन्त्रिपरिषद बैठकले उक्त निर्णय गरेको सरकारका प्रवक्ता तथा परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले जानकारी दिए।

मन्त्री ज्ञवालीका अनुसार सवारी चलाउँदा भाडा ५० प्रतिशतसम्म बढी लिन पाइनेछ।

यात्रु राख्दा लहरमा एक जनामात्र यात्रु राखी क्षमताको ५० प्रतिशतमात्र राख्नुपर्ने भएको कारण गाडी भाडामा ५० प्रतिशत बढी लिन पाइने मन्त्रि ज्ञवाली बताए। प्रत्यक यात्रुहरूले अनिवार्य स्वास्थ्य मापदण्ड अपनाउने, ढोका र गाडीभित्र पनि स्यानिटाइजरको व्यवस्था गरेको हुनुपर्ने भएको छ।
यसैगरि आन्तरिक हवाई उडान र होटल पनि सोहि दिनबाट खुल्ला गरिने भएको छ। विमानमा सिट क्षमताको आधा मात्र यात्रु राख्नुपर्नेछ भने मास्क, भाइजर अनिवार्य गरिएको छ । जनस्वास्थ्यको मापदण्ड अपनाएर होटल तथा रेष्टुरेण्ट समेत खोल्ने निर्णय उक्त बैठकले गरेको उनले बताए ।

Loading...