काठमाडौँ उपत्यकमा निषेधाज्ञा भदौ १७ सम्म थप

भदौ १० ,काठमाडौँ । राजधानीमा जारी निषेधाज्ञा एक हप्ता लम्बिएको छ । जिल्ला प्रशासन कार्यालय, काठमाडौंमा मंगलबार जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रका केही पदाधिकारी र काठमाडौं मेयरहरुबीच भएको बैठकले यस्ताे निर्णय गरेकाे हाे ।

बैठकले काठमाडौं, भक्तपुर र ललितपुरमा थप एक साता निषेधाज्ञा जारी राख्न सिफारिस गरेको थियो । सर्वपक्षीय संगको छलफल पछि छलफल पछि एकसाता निषेधाज्ञा थपिएको बताउदै प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले एक साताको अवधिमा संक्रमण दर घटेको र दुई सातापछि धेरै कम हुन्छ भन्ने विज्ञहरूको भनाइ रहेको बताउनु भयो। 

बैठकमा सहभागी एक अधिकारीका अनुसार छलफलमा मेयरहरुले एक साता निषेधाज्ञा राखे आइसोलेसन सेन्टर बढाउन सकिने र प्रभावकारी ढंगले संक्रमितको कन्ट्याक्ट ट्रेसिङ गर्न सकिने बताएका थिए ।

अहिले जारी कर्फ्यू बुधबार सकिँदैछ । उपत्यकाका सीडीओहरुले ३ भदौको मध्यरातिबाट लागू हुने गरी एक साताको निषेधाज्ञा लागू गरेका थिए ।

Loading...