भारतले नक्कली अयोध्या खडा गरेको ओलीको अभिव्यक्तिप्रति कमल थापाले भने , उटपट्याङ, अपुष्ट र अप्रमाणित

   

असार ३० ,काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले रामको जन्मभूमि अयोध्या नेपालमै रहेको अभिव्यक्ति दिए पछि राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष तथा पूर्वउपप्रधानमन्त्री कमल थापाले प्रधामन्त्रीको अभिव्यक्ति दिनु अनुपयुक्त रहे को बताएका छन।
भानु जयन्तीको अवसरमा सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा गरिएको कार्यक्रममा भारतले नेपाललाइ सांस्कृतिक हिसाबले थिचेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले भारतले वास्तविक अयोध्य नेपालको वीरगञ्जभन्दा केहीपर ठोरीमा पर्ने तर भारतले विवादित अयोध्या खडा गरेको अभिव्यक्ति दिएका थिए।
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष तथा पूर्वउपप्रधानमन्त्री कमल थापाले प्रधामन्त्रीको अभिव्यक्ति प्रति सोमबार ट्वीट गर्दै लेखेका छन्। ट्वीट गर्दै थापाले भनेका छन्- ‘ प्रमको स्तरबाट यस्ता उटपट्याङ,अपुष्ट र अप्रमाणित कुरा आउनु सर्वथा उपयुक्त छैन।भारतसँग सम्बन्ध सुधार्नेभन्दा बिगार्नेतर्फ प्रमको ध्यान गएजस्तो लाग्छ। नक्सा प्रकाशित गरेर अतिक्रमित भूमि फिर्ता ल्याउने प्रयास गर्न छाडेर दुई देशको सम्बन्धमा अनावश्यक विवाद सिर्जना गर्नु राम्रो होइन। ’

Loading...