किर्तिपुरमा कोरोना ( कोविड १९ ) पीसीआर ल्याब संचालन

 

असार २४ ,काठमाडौँ। किर्तिपुरमा कोरोना ( कोविड १९ ) प्रयोगशाला पीसीआर ल्याब संचालनमा आएको छ ।
नेपाल सरकार स्वास्थ्य मन्त्रालयको सहयोगमा र त्रिभुवन विश्वविद्यालय बायोटेकको सहकार्यमा किर्तिपुर नगरपालिले उक्त पीसीआर ल्याब संचालनमा ल्याएको हो। सो ल्याव त्रिभुवन विश्वविद्यालय लायन्स रक्तसंचार केन्द्रको भवनमा संचालन भएको छ ।

किपू नगरपालिकाका मेयर रमेश महर्जनले मंगलवार सो ल्यावको उत्घाटन गर्नुभयो। उत्घाटन कार्यक्रममा किर्तिपुर नगरपालिकाका प्रथम जननिर्वाचित मेयर हिराकाजी महर्जन, निबर्तमान राज्यमन्त्री दिलीप महर्जन, त्रिविका निबर्तमान प्रिन्सिपल डा. हिराबहादुर महर्जन, नेकपा केन्द्रीय नेता सुरेन्द्र मानन्धर लगाएतको उपस्थिति रहेको थियो।

Loading...