एमसीसी बिरुद्द साँस्कृतिक शान्ति पदयात्रले गरे काठमाडौँ भित्रि नगर यात्रा परिक्रमा

 

काठमाडौँ । एमसीसी खारेजीको माग गर्दै उपत्यकाको तीनवटै जिल्लाको बिभिन्न सांस्कृतिक नगर तथा गाउँहरुको पदयात्रा बिहिबार काठमाडौँका भित्रि शहरको यात्रा सम्पन्न गरेको छ  ।

असार ५ गते भक्तपुर जिल्लाको मध्यपुर थिमिको नगदेशबाट शुरु भएको पदयात्रा साँखु ,भक्तपुर ,ललितपुर भित्रि सहर , हरिसिद्दि ,ठेच्वो लगाएत एेतिहासिक गाउँ ,सहरको यात्रा सकी काठमाडौँका भित्रि सहर माथिल्लो भेग ” थने ” तल्लो भेग “कोने ” का सबै पुरानो नेवा: बस्तीमा परम्परागत बाजा गाजा , भेष भुषा सज्जित अभियानताको यात्रा सम्पन्न गरेका छन् । विभिन्न सास्कृतिक नगरतथा गाउको यात्रा गर्दै असार १२ गते दिउँसो १ बजे काठमाडौँ दरवार क्षेत्र बसन्तपुर पुग्ने आयोजक नागरिक आवाज अभियानले बताएको छ। ‘असार १२ गते दिउँसो १ बजे बसन्तपुर जाऔं, राष्ट्रघाती एमसीसी खोरज अभियानमा सहभागी बनौं’ भन्ने नाराका शुरु भएको एमसीसी खारेजको नागरिक अभियान उपत्यकाको तिनवटै जिल्लाको प्रमुख स्थानहरुमा यात्रा सम्पन्न गरेको बताएको छ ।

पदयात्रा शुक्रवार मध्यपुरको नगदेशबाट शुरु गरी साँखु पुगेर चाँगुनारायणमा बास बसी शुक्रबार भक्तपुरमा आई पुगेको थियो । पदयात्रा शनिबार पाटनको लुभु हँदै सुनाकोठी बास बसी आइतबार हरिशिद्धि पुगेको नागरिक आवाज समितिले जनाएको छ ।एमसीसी खारेजको नागरिक अभियानमा उपत्यकाको तिनवटै जिल्लाको बिभिन्न सँस्कृतिक नगरतथा गाउँहरुका स्थानीय जनतालाई जागरुक गराउन पदयात्रा अभियान चलाएको अभियानका संयोजक सुमन सायमीले बताउनु भयो ।

उहाँका अनुसार यो अभियानले नेपाली नागरिकहरु नै सार्वभौमसत्ता सम्पन्न देशको वास्तविक मालिक भएको तथ्यलाई स्मरण गराउँदै र सरकारलाई आम नागरिकको हित रक्षार्थ छनौट गरिएको कामदार समूह मात्र हो भने कुरा सचेत गराउँदै आफ्नो ठाउँबाट आवाज उठाउन अपिल गरेको छ ।

पदयात्रामा नेपालको वर्तमान परिस्थितिमा आम नेपाली नागरिकले उठाएका नागरिक आवाजहरु ‘एमसीसी हामी लिदैनौ अमेरिकी गुलाम बन्दैनौ, आत्मनिर्भरताको विकास गर हाम्रो उत्पादनशील भूमिको संरक्षण गर, संस्कृति, सम्पदाको संरक्षण गर, सह अस्तित्वको सम्मान गर, गुठी स्वायत्तता स्थापित गर, सभ्यता माथिको आक्रमण बन्द गर, जन उत्तरदायित्व बहन गर, सबै भ्रष्टाचारीहरुलाई कारवाही गर, राष्ट्रिय स्वाधीनताको रक्षा गर, नागरिक आवाजको सुनुवाई गर’ लगायतका नारा लेखिएका प्लेकार्डहरु बोकेर हिडेका छन् ।

नेपाली नागरिकले नचाहेको एमसीसीलाई जवरजस्ती लागू गर्न खोजिरहेको, उपत्यकाका नेवाः गुठीको मर्म विपरीत गुठी विधेयक सुझाव समिति गठन गरेको, उपत्यकाको कृषिभूमि समाप्त पार्ने प्रपञ्चसहित स्मार्ट सिटी बनाउने साथै सुकुम्बासीलाई समेत यहाँको भूमि वितरण गर्ने उद्धेश्यसहित भूमि ऐन बनाई भूमि आयोग समेत गठन गरेको विरूद्धका जस्ता नाराहरू रहेको छ । 

Rejectmcc at Kumari routes

Posted by Hamro jatra on Tuesday, June 23, 2020

Loading...