महामारीका बेला प्रधानमन्त्रीको लागि पाँच करोडको गाडी किन ?- सांसद रिजाल

काठमाडौँ ।प्रमुख प्रतिपक्षि दल नेपाली कांगेसका संसद मिनेन्द्र रिजालले प्रधानमन्त्री केपी शर्मा ओलीका लागि ’फोरजी सर्भेलेन्स’ सहितको गाडी खरिद प्रक्रियाका सम्बन्धमा गृहमन्त्री रामबहादुर थापा संग जवाफ मागेकाे छ ।
मंगलबार प्रतिनिधिसभा संसद बैठकमा धारणा राख्दै सांसद रिजालले प्रधानमन्त्रीका लागि सुरक्षा सर्भिलेन्ससहित ५ करोड मूल्यको गाडी खरिद प्रक्रिया अगाडि बढेकोमा गृहमन्त्रीको जवाफ मागेका हुन्। ’प्रधानमन्त्रीका लागि फोरजी सर्भेलेन्ससहितको ५ करोड मूल्यको गाडी खरिद प्रक्रिया कोरोनाको कहरमा फागुनदेखि रोकिएको थियो । उनले भने,असार ३ देखि नेपाल प्रहरीले यो प्रक्रिया अघि बढायो भन्ने खबर छ । गृहमन्त्रीले भन्नुपर्छ, के यो साचो हो ?,’, ’हो भने कोरोना रोकथाममा बेसार थेरापीको अलौकिक सफलताको उद्घोष पत्याएर बजेट खर्च गर्ने ठाउँ नपाइएला भन्ने डरले उल्फाको धनझैं फजुल खर्च गर्न सरकारी तयारी हो यो ।’

Loading...