संक्रमण फैलिनबाट रोक्न ११ स्थानमा बैकल्पिक तरकारी बजार खोलिने

   

चैत्र २५ ,काठमाडौँ । कालीमाटी र बल्खु लगाएत अन्य स्थानको फलफुल तथा तरकारी बजारमा हुने बढ्दो भिडभाडका कारण कोरानाको संक्रमण बढ्न सक्ने जोखम र रोग नियेत्रण गर्न काठमाडौँ महानगरपालिकाका भित्रका विभिन्न ११ स्थानमा फलफुल ,तरकारी बिक्रि कक्ष निर्माण गर्नका लागि काठमाडौँ महानगरपालिकाले ठाउँ उपलब्ध गराउने भएको छ । महानगरपालिकाको महानगर क्षेत्र भित्रका कलंकी चोक, वाफल चोक, स्वयम्भू चोक, वनस्थली चोक, गंगबु चोक, बसुन्धरा चोक, गोपिकृष्ण हल चोक, तिनकुने चोक लैनचौर, रत्नपार्क र कोटेश्वरचोकमा लकडाउन अवधी भरी बैकल्पिक तरकारी बजार सञ्चालन गर्न ठाउँ उपलब्ध गराउने भएको हो । काठमाडौँ महानगरपालिका कृषि विभाग प्रमुख हरिबहादुर भण्डारीका अनुसार पहिलो चरणमा महानगरपालिकाले परिक्षणका लागि ११ ठाउँबाट थोक बिक्रिका लागि स्थान उपलब्ध गराएको हो । ‘कालीमाटी तथा बल्खुको फलफुल बजारमा बढ्दो भिडभाड नियन्त्रण–व्यवस्थापन गर्न हामीले विभिन्न ११ स्थानबाट बिहान ८ बजेसम्म बिक्रि गर्ने व्यवस्थाका लागि स्थान उपलब्ध गराउने भएका हौँ,’ भण्डारीले भन्नुभयो, ‘सबै ठाउँमा सबै खाले फलफुल र तकारी उपलब्ध गराउने व्यवस्थापन गर्न पनि हामीले भनेका छौँ ।’ उहाँले यसले कालीमाटी र बल्खुमा हुने भिडभाड कम हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले सकेसम्म बुधबारबाट सुरु हुने पनि बताउनुभयो ।
आजै काठमाडौँका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालको अध्यक्षतामा बसेको बैठकले फलफुल तथा तरकारी बजारमा कोरोना भाइरस को रोकथाम तथा नियन्त्रण गर्न कालीमाटी तथा बल्खुको फलफुल बजारमा बढ्दो भिडभाड नियन्त्रण–व्यवस्थापन गर्न सामाजिक दूरी कायम गर्ने निर्णय गरेको थियो । त्यसैगरी बैठकले भारतबाट नेपाल भित्रिने तरकारी तथा फलफुल नेपाल भित्रिदा उक्त तरकारी तथा फलफुलसँग भारतीय नागरिक पनि नेपाल प्रवेश गर्ने हुँदा कोरोनाको संक्रमण फैलन सक्ने संभावनालाई मध्यनजर गर्दै भन्सार विन्दुम नै भारतबाट नेपाल भित्रिने तरकारी तथा फलफुल आयतमा पूर्ण रुपमा रोक लगाउन माथिल्लो निकायमा अनुरोध गर्ने साथै व्यवसायीहरुले फलफूल तथा तरकारी भारतबाट आयत गर्न नपठाउने पनि निर्णय गरेको छ ।
त्यस्तै फलफुल तथा तरकारी बजारमा उपभोक्ताबाट लिने गरेको अस्वाभाविक मूल्यले गर्दा थोक मूल्य र खुद्रा मूल्यमा देखिएको मूल्य अन्तरलाई यथार्थ परक बनाउने, त्यसका लागि सबै पक्षले आवश्यक समन्वय गर्ने पनि निर्णय भएको छ ।
कालीमाटी तरकारी बजार तथा बल्खु आउने तरकारीलाई काठमाडौँ महानगरपालिकाले तोकेका विभिन्न स्थानबाट बिक्रिी गर्न व्यवसायीहरुले व्यवस्था मिलाउने र बिक्रिका हुने वातावरण निर्माण गर्ने पनि निर्णय भएको छ । 

 

Loading...