महानगरले दैनिक उपभोग्य बस्तुको उपलब्धता, मुल्य र गुणस्तरको अनुगमन गर्ने

चैत्र १० , काठमाडौँ । 

काठमाडौँ महानगर पालिकाले सोमबार बात बजारमा औषधिजन्य तथा दैनिक उपभोग्य बस्तुको उपलब्धता, मुल्य र गुणस्तरको अनुगमन गर्ने भएको छ । 

कोरोना भाइरस (कोभिड — १९) संक्रमण, रोकथाम तथा नियन्त्रणका लागि चैत ६ गते बसेको काठमाडौं महानगरको कार्यपालिका बैठकका निर्णय कार्यान्वयनको अवस्थालाई महानगरकै ‘अनुगमन तथा सुपरीवेक्षण समिति’ले अनुगमन गर्ने भएको छ । महानगर उपप्रमुख तथा समितिकी संयोजक हरिप्रभा खड्गी श्रेष्ठको अध्यक्षतामा आइतबार बसेको बैठकले अनुगमनलाई आन्तरिक र वाह्य गरी दुई कोणबाट हेर्ने निर्णय गरेको छ ।
कार्यपालिकाको बैठकले गरेको निर्णय कार्यान्वयनको अवस्थालाई आन्तरिक अनुगमनका रुपमा अगाडि बढाउँने र बजारमा औषधिजन्य तथा दैनिक उपभोग्य बस्तुको उपलब्धता, मुल्य र गुणस्तरजस्ता बिषयलाई बाह्य अनुगमनका रुपमा अगाडि बढाउँने उप-प्रमुख संयोजक खड्गी श्रेष्ठले बताउनु भयो ।
महानगर प्रशासन बिभागका प्रमुख नमराज ढकालले, बिभागले तयार पारेको १२ बुँदे निर्णय कार्यान्वयन कार्ययोजना बैठकमा प्रस्तुत गर्नुभएको थियो । बिभागतर्फ बित्त र प्रशासन बिभाग, सूचना तथा सञ्चार र सहरी स्वास्थ्य महाशाखासँगै जिन्सी शाखाबाट निर्णय कार्यान्वयन गर्दै यससँगै अत्यावश्यक सेवाअन्तर्गत सेवा दिइरहेका वातावरण व्यवस्थापन, दमकल, एम्बुलेन्स, सूचना तथा सञ्चारतर्फका कामहरु पनि अनुगमन गरिने , वडा स्तरीय विपद् व्यवस्थापन तथा नागरिक सुरक्षा समितिलाई क्रियाशील हुन, नेपाल एम्बुलेन्स सेवा (१०२) लाई २ वटा आवश्यक स्वास्थ्य सुरक्षा व्यवस्था र जनशक्ति सहितका एम्बुलेन्स २४ सै घण्टा तयारीमा राख्न, अर्को व्यवस्था नभएसम्मका लागि जनप्रतिनिधि तथा कर्मचारीहरुलाई भोज, भतेर आयोजना नगर्न र अरुले आयोजना गरेको भोजमा सहभागी नहुन पत्राचार गर्ने , कोरोना भाइरस नियन्त्रण, रोकथामका लागि कार्यपालिका बैठकले गरेका निर्णय बिभाग, वडा र आयोजनामा जानकारी गराउने बिभागका प्रमुख ढकालले बताउनु भयो ।

Loading...