केहिदिन धुलो ,धुवामुक्त राजधानी काठमाडौँ

आश्विन १५ ,काठमाडौँ/  बिश्वमानै उत्तम हावापानीमध्यको राजधानी काठमाडौँ एतिबेला साचैनै लायेकको देखिएको छ । दशैंकाबेला काठमाडौंमा बस्ने ठूलो संख्या राजधानी बाहिर गएपछि देखिएको सुनसान मात्र होइन सभ्य सहर झैँ देखिएको छ ।

सडकमा सवारीसाधन निकै कम चलेका र सडक प्रयोगकर्ता पनि निकैनै अनुशासित देखिन्छन् । गन्तव्यमा सवारीसाधनबाट पुग्न निकै सहजता को अनुभूति नागरिकले पाएको छ।

प्राय धुलाम्य  राजधानी एक्कासी स्मार्ट सिटि जस्तै देखिएको छ । चालिस लाखको धान्ने नसक्ने आवादी रहेको राजधानीबाट हिन्दु नेपालीहरुको महान चाड बडादशैंका लागि राजधानीबाट २३ लाख भन्दा बदी बाहिरिएका छन् । विभिन्न पेशा, ब्यवसाय तथा अध्ययनका लागि राजधानीमा रहँदै आएको ठूलो समूहले एकै पटक राजधानीबाट बाहिरिएपछि राजधानी यतिबेला सुनसान मात्रै होइन कोलाहल , धुलो मुक्त बनेको छ ।

सधैं ट्राफिक जामको हैरानी खेप्नुपर्ने बाध्यता हटेको छ भने ट्राफिक प्रहरीसमेत चोकचोकमा हात हल्लाएर बस्नु परेको छैन ।

नवमी देखि सुनसान बनेको काठमाडौँ बिस्तारै पुन्ह मानिसहरु थपिने क्रम बिस्तारै बढेको छ । छिटफुट रुपमा निजी सवारी साधन संचालन भएपनि सार्वजनिक यातायातनिकै कम चल्नाका कारण यात्रुहरुलाई केहि समस्या भने देखिएको छ ।

सधैं व्यस्त रहने राजधानीका मुख्य बजार न्युरोड, असन, घण्टाघर, रत्नपार्क पुतली सडक, बागबजार, बानेश्वर, दरबारमार्ग लगायतका सडकमा अझै पनि छिटफुट मात्रै गाडीहरु चलेका देखिन्छन् । दशैंको अवसर पारेर बढी भाडा लिने लामो दूरीका गाडीलाई कारबाही गर्ने भन्दै प्रहरीले चेकजाँच कडा पारेको छ ।

दशैंको अवसर पारेर बढी भाडा लिएका १४ लामो दूरीका र ६० वटा ट्याक्सीलाई प्रहरीले कारबाही गरेको छ ।

Loading...