भाष,कला र संस्कृतिलाइ सम्वद्र्वन गर्न ‘ मिस्टर एण्ड मिस नेवाः नेपाल ११४० ’

कार्तिक, २७, काठमाडौँ । नेवार समुदायको परिचय सबै माझ पुर्याउने उदेस्यका साथ मिस्टर एण्ड मिस नेवाः नेपाल ११४० हुने भएको छ । 

मुख्यगरी नेवार समुदायमा बोलिने मात्रृ भाषाका साथै नयाँ पुस्तामाझ परम्परा ,संस्कृति , कलालाइ सम्वद्र्वन गर्दै लोकप्रियतालाइ उजागाद गर्ने उद्देश्यलाइ समावेस गरि प्रतियोगिता गर्न लागेको हेप्पी इन्टरटेन्मेन्ट एण्ड फेसन हाउसका प्रमुख दीया श्रेष्ठले बुधबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिनुभयो ।

विभिन्न सहभागी प्रतिस्पर्धाका बीच राष्ट्रिय नाचघर जमलमा पौष ५ मा हुने प्रतियोगितामा पहिलो स्थान प्राप्त सफल बिजेतालाई तीसहजार, फस्ट रनर–अपलाई बीसहजार र सेकेन्ड रनर–अपलाई दशहजार रुपियाँ पुरस्कारसहित चाँदीको ताज पहिर्याउने आयोजकले बताएको छ ।

प्रतिस्पर्धात्मक यो प्रतियोगितामा १६ वर्ष देखि ३० वर्ष उमेर समूहका व्यक्तिहरुले सहभागी हुन पाउने भएका छन् । प्रतियोगिताको लागि काठमाडौं, ललितपुर र भक्तपुरमा यही मङ्सिरमा अडिसनसमेत हुने उहाँले जानकारी दिनुभयो ।

Loading...