सिन्धुपाल्चोक प्रगतिशील लेखक संघको पाचौ जिल्ला अधिवेशन सम्पन्न

कञ्चन पिताम्वर स्मृति अक्षयकोष स्थापना गरिने

आश्विन १ , सिन्धुपाल्चोक । प्रगतिशिल लेखक संघको सिन्धुपाल्चोकको पाँचौ अधिवेशन सम्पन्न भएको छ ।सिन्धुपाल्चोकमा सोमवार भएको दुई दिने कार्यक्रममा  सिन्धुपाल्चोक जिल्लाका १२ गाउँपालिकामा सम्पन्न भएको पाचौ अधिवेशनले यदुनाथ वसन्तपुरेको अध्यक्षतामा १२ सदस्यिय कार्य समिति सर्वसम्मत चयन गरिएको छ । कार्य समिति अध्यक्षमा यदुनाथ वसन्तपुरे, उपाध्यक्षमा हेम प्रधान, सचिवमा निर्मल बस्नेत कोषाध्यक्षमा सरस्वती अधिकारी सदस्यहरूमा धनपति भण्डारी,दिपेन्द्र श्रेष्ठ,मन्जु नेपाल,रमेश पौडेल,ज्ञानेन्द्र तिमिल्सिना,अम्विका नेपाल,दामोदर भारती र यज्ञ दंगाल चयन भएका छन् ।
दुई दिने कार्यक्रममा पहिलो दिने कार्येक्रमको पहिलो दिन जिल्लाका १२ गाउँपालिकामा भएको वक्तृत्वकला प्रतियोगितबाट छानिएका जिल्लाका विभिन्न विद्यालयका २२ प्रतियोगीहरु सहभागी भएका थिए ।
सहभागी मध्यबाट टपटेन प्रतियोगी छानिएका थिए भने टपटेनबाट ४ जना प्रतियोगीलाई नगद पुरस्कृत गरिएको छ ।

पुरस्कृत हुनेहरुमा प्रथम चौतारा साँगाचोकगढी दक्षिणकाली माविका श्रीहरी ढुंगाना, द्धितियमा त्रिपुरासुन्दरी गाउँपालिका कालिका मा। वि। का मनिष बोहोरा, तृतियमा हेलम्बु गाउँपालिका पाल्चोक मा। वि।की विष्णुमाया तामाङ र चतुर्थमा सुनकोशी गाउँपालिका बाघ भैरव मा। वि।की सविना केसी ले क्रमस रु १० हजार, ७ हजार, ५ हजार र ३ हजार रुपैयाँ पुरस्कार प्राप्त गरेका छन् ।
वक्तृत्वकलामा सहभागी हुने विद्यालयहरुमा क्रमस विद्यालयहरुमा विद्यालय क्रमस जनविकास मा। वि।, लागर्चे मा। वि।, नवलपुर मा। वि।, झिर्पु मा। वि।, इष्टप्वाइन्ट एकेडेमी, भीमसेन मा। वि।,दक्षिणकाली मा। वि।, सरस्वती मा। वि।, बतासे मा। वि।,भद्रकाली मा। वि।, पाल्चोक मा। वि।,बालशिक्षा मा। वि।, मंगलामाई मा। वि।,कालिका मा। वि।, घिचे तउसिहुम मा। वि।,बाघभैरव मा। वि।, एसेलुखर्क मा। वि।,लक्ष्मी देवी मा। वि।, कालिका देवी मा। वि। रहेका छन् ।
मंगलवारको अधिवेशन सहितको कार्यक्रमा प्रगतिशिल लेखनमा र कार्यमा सक्रिय ६ लेखक तथा साहित्यकारहरुलाई सम्मान प्रदान गरिएको छ । सम्मानित हुनेहरुमा राजेन्द्र प्रसाद भट्टराई ९रापी वाशिष्ठ०, केशव नेपाल,साधुराम नेपाल,सुरेश कसजु, कृष्ण सुवेदी ुभारद्वाज मित्रु र रामप्रसाद सापकोटा दिपशिखा छन् ।
कार्यक्रममा चौतारा साँगाचोकगढीका प्रमुख अमानसिंह तामाङले समाज र मुलुक प्रगतिका लागि सिन्धुपाल्चोकको इतिहासमै प्रगतिशिल लेखक हरुको उपस्थितिमा भएको सम्मेलन उदाहरणिय भएको बताए । प्रमुख तामाङले प्रगतिशिल लेखक संघले जिल्लाका दुर्गम विद्यालयहरुमा पुगेर कार्यक्रम गरि जिल्लाका भावीपुष्तालाई सृजनशिल बनाउन गरेको काम गरेको र संघलाई नगरपालिकाको तर्फबाट सधै सहयोग गर्ने प्रतिवद्धता व्यक्त्त गरे ।
कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य माधव सापकोटा सुवोधले प्रगतिशिल लेखक संघले विगतमा भोगेक आरोह अवरोहको चर्चा गरे । सापकोटाले प्रगतिशिले लेखक संघले गरिने हरेक गतिविधिले जिल्लामा भविष्यमा बौद्धिक र प्रवुद्ध नागरिकहरु उत्पादन हुने बताए । त्यस्तै जनसाँस्कृतिक महाँसंघका सहसंयोजक सरल सहयात्रीले जिल्लामा प्रगतिशिल लेखक संघ ससक्त्त बन्दै गएको र अबका दिनमा गर्नुपर्ने थुप्रै काम रहेकाले समस्या र चुनौती चिर्दै भावी पुष्ताको लागि बाटो फराकिलो बनाउँदै लानुपर्ने बताए । प्रलेस सिन्धुपाल्चोकको पाचौँ जिल्ला अधिवेशन उद्घाटनको अवसरमा कार्यक्रमका सभाध्यक्ष तथा प्रलेसका अध्यक्ष दिनेश दुलालले ुकञ्चन पिताम्बर स्मृति साहित्य कल्याणकारी कोषु को स्थापना भएको घोषणा गरेका थिए । अध्यक्ष दिनेश दुलालले अधिवेशनपछी नयाँ कार्यसमितिलाई नेतृत्व हष्तान्तरण गर्दै कार्यकाल सफलताको लागि अध्यक्ष यदुनाथ वसन्तपुरे लगायत पदाधिकारीलाई शुभकामना प्रदान गरेका थिए । कार्यक्रमका लागि रकरिभर साईड भैंसेले दुईदिन सम्म भएको पाँचौं जिल्ला सम्मेलनका लागि निशुल्क स्थान खाना र बसोबासको व्यवस्थापन गरिदिएकोमा धन्यवाद सहित कदर पत्र प्रदान गरिएको थियो साथै विभिन्न गाउँपालिकाले वक्तृत्वकला प्रतियोगिताका लागि गरिएको आर्थिक सहयोगका कारण पनि सम्मेलन सफल भएको बताइएको छ ।

 

Loading...