गुठी विधेयक खारेज नभए सरकार ढाल्ने चेतावनी

काठमाडौं, जेठ ३२ । सात अगाडिबाट गुठी विधेयक खारेजीको माग गर्दै नेवार समुदायले विभिन्न चरण बढ्द आन्दोलन ,धर्ना ,र्ह्याली गर्दै आएका छन् । सरकारले अघि बढाएको गुठी विधेयक खारेजीको माग गर्दै नेवार आदिवासी समुदाय ज्यापू जतिको जातीय ठुलो संगठन ज्यापु महागुठीले आज काठमाडौमा बृहत प्रदर्शन गरेको छ । शनिबार हजारौको संख्यामा रहेको नेवार समुदायले भित्रि सहरमा र्ह्याली गरेका थिए ।

काठमाडौंको बसन्तपुरबाट ज्यापु महागुठीलगायतका विभिन्न धार्मिक तथा सांस्कृतिक संघ–संस्थाले गुठी विधेयक खारेजीको माग गर्दै प्रदर्शन गरेका हुन् । प्रदर्शनमा सहभागी भएकाहरुले सरकारले धार्मिक, सांस्कृतिक र परम्परामाथि हस्तक्षेप गरेको भन्दै विधेयक खारेज नगरे कडा आन्दोलन गर्ने चेतावनी दिएका छन् ।
उनीहरुले सरकार पहिचान ,धर्म ,सँस्कृति ,सभ्यता ,सम्पदा मास्ने जनविरोधी गतिविधिमा संलग्न भएको, गुठी कब्जा गरेर कार्यकर्ताको पालनपोषणमा लागेको र भूमाफियाको बचाउ गरेको भन्दै विधेयक फिर्ता नगरे सरकार ढाल्नेसमेत चेतावनी दिएका छन् ।

यसैबीच ‘गुठी विधेयक खारेजी अभियानले विधेयक खारेजीको माग गर्दै वसन्तपुर डबलीमा अनिश्चितकालीन धर्ना सुरु गरेको छ । अभियानका संयोजक तथा नेपाली कांग्रेसका नेता नविन्द्रराज जोशीको अगुवाइमा धर्ना दिइएको हो ।

Loading...