गुठी विधेयक विरुद्ध हजारौको संख्यामा मसाल जुलुश प्रदर्शन (फोटो फिचर)

ललितपुर, ३१ जेठ । गुठी विधेयक विरुद्ध राजधानीमा हजाराैकाे मशाल जुलुस निकालिएकाे छ । 

शुक्रबार ललितपुरकाे मंगलबजार र पाटन क्षेत्रमा जम्मा भएका स्थानीयले मशाल जुलुस लगाएका हुन् । विभिन्न संघ संस्था तथा नेवार समुदायका अगुवाहरुकाे समेत सहभागिता रहेकाे मशाल जुलुसमा गुठी विधेयक तत्लाल फिर्ता लिन माग गरिएकाे थियाे । 

सरकारले संसदमा दर्ता गरेको गुठी विधेयक तत्काल खारेज गर्नुपर्ने माग गर्दै नेवार समुदायका विभिन्न अगुवाहरुले समेत उक्त विराेध कार्यक्रममा येक्यबद्धता जनाएका छन् । मशाल जुलुस पाटन मंगलबजारकाे भित्री क्षेत्रकाे परिक्रमा गरि मंगलबजारमा नै पुगी समापन गरिएको थियो । 

यसअघि नेवार समुदायले काठमाडाैंकाे माइतीघर मण्डलामा ठूलाे विराेध प्रदर्शन गरेकाे थियाे । उक्त प्रदर्शनमाथि सरकारले चर्काे दमन गरेपछि चाैतर्फी केपी ओली नेतृत्वकाे सरकारकाे व्यापक आलाेचना भइरहेकाे छ । 

सरकारले लामाे ऐतिहासिक परम्परा र संस्कृति समेत बनिसकेकाे गुठीकाे सम्पति बेच्ने उद्देश्यका साथ याे विधेयक ल्याइएकाे दावी गरेका छन् । विगतमा प्रधानमन्त्री निवास रहेकाे बालुवाटारकै जग्गा यस्तै अनेक सेटिङबाट बिक्री गरिएका कारण गुठीकाे अधिनमा रहेका एेतिहासिक सम्पति र जग्गा बेच्न सक्ने प्रावधानहरु समेत राखेर याे विधेयक आएकाे उनीहरुकाे भनाइ छ । साथै नेवारहरुकाे सामूहिक संस्कारका रुपमा रहेकाे गुठीलाइ ध्वस्त पारी नेवार समुदायमाथि ठाडाै हस्तक्षेप गर्न याे विधेयक आएकाे उनीहरुकाे भनाइ छ । 

 

 

Loading...