पाचौ राष्ट्रिय लोक दोहारी अवार्ड २०७४ मा सर्वोकृष्ट नायक लोक दोहारी ” नृत्य विधामा शेर साउद

साउन ६ ,काठमाडौँ                    लोक दोहारी नृत्य अभिनय तथा निर्देसकको भूमिका साथै मोडेलीङ्गमा सानै देखि नृत्य मा रुचि राख्ने शेर साउद पाचौ राष्ट्रिय लोक दोहारी अवार्ड २०७४ मा सर्वोकृष्ट नायक लोक दोहारी ” नृत्य विधामा छनौटमा परेको छ ।                                                                                                                                                                       दसकौको अनुभव सम्हालेका कलाकार साउद काठमाडौँमा सुरुका दिनमा खान बस्न ठाँउको अभाबमा निकै मेहनतका बाबजुत हाल दर्शक सामु आफुलाई सक्षम कलाकारको रुपमा उभ्याउन सफल भएको छ । राजधानीका तरकारी बजार मा धनिया बेचेर,होटेल मा तीन सय मा काम गरेको तेतै बाट आफ्नो सपना बोकेर यहाँ सम्म पुगेको बिगत सुनाउदै आफ्नै गुरुहरु सँग प्रस्तिपर्धा गर्दा कता कता खल्लो भएको बताउछन । तर आफुलाई यो स्थान को लागि योग्गे ठान्नु हुने राष्ट्रिय लोक दोहरी प्रतिष्ठानलाई हिर्दय देखि धन्यवाद तथा आभार व्यक्त गरेका छन् ।
साउद आफुलाई यो नमोनेसनले थप जिम्बेबारी थपेको सुनाउदै अझ बादी कुसल निर्देशक तथा कुसल मोडेल बन्ने आसा लिएको बताउछन ।
साउदले कलाप्रेमी दर्शक सामु भोटिंगको लागि आफ्नो मोबाइलबाट मेसेज बक्समा LDA space 14E type गरि 35225 मा send गरि लोक निर्त्य क्षेत्रमा अभिप्रेरित गर्न सबैमा आग्रह गरेको छ ।

Loading...