मिडिया कानुन र मिडिया अधिकारमाथि जाजरकोटमा बहस

जाजरकोट, २ माघ । क्रान्तिकारी पत्रकार संगठन, नेपालले बुधवार जाजरकाेटकाेटमा मिडिया अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । नेपाली मिडिया र मिडियाकर्मीहरुकाे विद्यमान अवस्था पहिचान गरी साझा निस्कर्षमा पुग्नका लागि संगठनले जाजरकोटमा पत्रकार र कानुन व्यवसायीसँग अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको हो । कार्यक्रममा क्रान्तिकारी पत्रकार संगठन नेपाललका अध्यक्ष डिल्लीराज रावतले “नेपाली मिडिया, केन्द्र भर्सेज मोफसल र […]

के प्रधानमन्त्री ओली निजी विद्यालय बन्द गर्न लागेकै हुन ? निजी विद्यालय बन्द गर्न के गरिदैछ ?

काठमाडौँ । उच्च स्तरीय शिक्षा आयोगले अाफ्नाे प्रतिवेदन प्रधानमन्त्री केपी शर्मा ओलीलाई हस्तान्तरण गरेको छ । आयोग गठन भएको ५ महिना ७ दिनमा आयोगले प्रतिवेदन सरकारलार्इ बुझाएकाे हाे । करिब ४ सय ७६ पृष्ठ लामो प्रतिवेदन बुझ्दै प्रधानमन्त्री केपी शर्मा ओलीले निजी विद्यालयहरु बन्द हुने ठाेकुवा गरेका छन् । अाेलीले साे अवसरमा केही वर्षमा निजी […]

फिल्मी शैलीमा सहकर्मीलाई नै अपहरण गर्ने तीन पक्राउ

धनगढी, २ माघ । अपहरणमा परेका एक युवकलाई प्रहरीले आधा घण्टामै उद्दार गरेको छ भने अपहरणमा संलग्न तीनजनालाई पक्राउ गरेको छ। बुलेट मोटरसाइकलमा आएको समूहले धनगढीबाट मंगलबार बिहान फिल्मी शैलीमा बसन्त भाटलाई अपहरण गरेको थियो। गोदावरी नगरपालिका ६ तेघरीका बसन्त धनगढीको होटलमा कार्यरत छन्। उनी सोही होटलबाटै अपहरणमा परेका प्रहरीले जनाएको छ। अपहरणमा संलग्न रहेको […]

प्रहरीले कुटेर दुई स्थानीयलाई घाइते बनायो

बागलुङ, २ माघ । प्रहरीको कुटपिटबाट गलकोट नगरपालिका–६ का सोम बस्नेत र कृष्ण खत्री घाइते भएका छन् । हटिया प्रहरी चौकीका जवान प्रेम विष्ट र बुद्ध थापाको कुटाइबाट बस्नेत र खत्री घाइते भएका हुन् । गम्भीर घाइते बस्नेतको पोखरास्थित फेवा सिटी अस्पतालको सघन कक्षमा उपचार भइरहेको उनकी श्रीमती कृष्णकुमारीले जानकारी दिइन् । आइतबार राति गलकोट […]

उत्तर कोरियालाई दक्षिणले अब दुश्मन नभन्ने, उत्तर र दक्षिण कोरियाबीच सम्बन्ध नयाँ चरणमा

काठमाडाैं । उत्तर र दक्षिण काेरियाबीच सम्बन्ध नयाँ चरणमा प्रवेश गरेकाे छ । दुर्इ देशका राष्ट्र प्रमुखहरु सम्बन्ध विस्तारका लागि निरन्तर प्रयास गरिरहेका छन् ।  यसैबीच दक्षिण कोरियाले उत्तर कोरियामाथि ‘दुश्मन’ शब्द प्रयोग गर्न छोडेको छ। दक्षिणले द्विवार्षिक रक्षा श्वेतपत्रमा पहिलोपटक उक्त शब्द प्रयोग गर्न छोडेको हो। यसलाई दक्षिणले उत्तरसँग सम्बन्ध सुधार्न खोजेको रूपमा लिइएको […]

नेपाली चेलीले थाइल्याण्डमा देखाए यस्तो चमत्कार

काठमाडाैं ।नेपाली महिला क्रिकेट टाेलीले थाइल्यान्डमा चमत्कार देखाएकाे छ । थाइल्याण्डमा जारी थाइल्याण्ड वुमन्स ट्वेन्टी–ट्वेन्टी स्माश क्रिकेटमा नेपाली टोलीले लगातार चौथो जित निकाल्ने क्रममा यस्ताे चम्तकार देखाएकाे हाे ।  नेपाली टोलीले समूह चरणका सबै खेलमा जित हात पारेको छ । लगातार तेस्रो जित निकाल्दै सेमिफाइनलमा स्थान पक्का गरेको नेपाली टोलीले बुधबार बिहान भएको समूह चरणको […]

२ सय यात्रु बोकेको वायुसेवाको वाइडवडीमाथि भारतमा माहुरीको खतरानाक आक्रमण

काठमाडौं । काठमाडौंबाट मंगलबार दिउँसो २ सय ६ यात्रु बोकेर भारतको बैंग्लोरस्थित केम्पेगोडा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको नेपाल वायुसेवा निगमको अन्नपूर्ण वाइडबडी विमान यात्रु ओराल्ने तरखरमा थियो । एकाएक माहुरीको आक्रमणमा पर्यो । विमानको दायाँ पखेटामा माहुरी भरिए । जहाज विमानस्थलको पार्किङ–वेको ९ नम्बरमा थियो । यात्रुहरू विमानबाट सहजै उत्रिए । कार्गोको ढोका खोलेर सामान […]

साइबेरियन आगन्तुक जलचरको संख्या आधा घट्यो

काठमाडौ, १ पुस । प्रत्येक वर्ष जाडो मौसममा साइबेरियाबाट नेपालमा आउने चराहरुमध्ये आधाले घटेका छन । एक अध्ययन अनुसार नेपालमा यसअघि आउनेभन्दा आधा संख्यामा जलचर पन्छीहरु घटेको विज्ञहरु बताउँछन । काठमाडौँ उपत्यकाको दक्षिणी भेगमा अवस्थित ऐतिहासिक पोखरी टौदह विभिन्न किम्बदन्ती जोडिएको धार्मिक केन्द्र हाे । साथै याे आगन्तुक जलचरको बासस्थान पनि हो । किर्तिपुर नगरपालिका […]

लेखा समितिका सभापतिले नै सक्कली प्रतिवेदन गायब बनाए

NAC-New-Aircraft

काठमाडौं, ३० पुस । संघीय समाजवादी फोरम नेपालका सांसद एवम् वाईडबडी खरिद प्रकरण छानबिन उपसमितिका सदस्य प्रदीप यादवले सार्वजनिक लेखा समितिका सभापति भरत कुमार शाहले नै सक्कली प्रतिवेदन गायब बनाएको गम्भिर आरोप लगाएका छन् । सोमबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले समितिका सभापतिले नै समितिको पूर्ण बैठकले मिडियाको रोहबरमा पारित गरेको प्रतिवेदनका […]

शनिवार राती प्रहरी खोजीका यी ‘मोस्ट वान्टेड’ कसरी मारिए

काठमाडौं । विभिन्न फौजदारी मुद्दामा प्रहरीको मोस्ट वान्टेड सूचीमा रहेका एक कुख्यात अपराधी प्रहरी इनकाउन्टरमा मारिएका छन्। शनिबार राति तस्करी हुन लागेको सूचनाको आधारमा प्रहरीले नाकामा चेकजाँच गर्ने क्रममा प्रहरी उपर फायरिङ्ग गरेपछि विभिन्न मुद्दामा फरार रहेका सिद्धार्थनगर नगरपालिका ६ का केदार साहानी प्रहरी इनकाउन्टरमा मारिएको प्रहरी स्रोतले जानकारी दिएको हो। रुपन्देहीका एसपी हृदय थापालेका […]