जस्तासुकै दमन खप्ने मात्र होइन, दमन गर्नेलाई खरानी पार्न तयार छाै

केपी–ओलीको सरकार सत्तासीन भएको चार दिनमा नै हाम्रो पार्टीका स्थायी समिति सदस्य क. सुदर्शन र पीवीएम क. पदम राईलाई युवाहरूको राष्ट्रिय सम्मेलनमा सहभागी हुन विराटनगर जाँदै गर्दा बिनाकारण बाटोबाटै गिरफ्तार ग¥यो । हाम्रो पार्टीले केपी सरकार बनेको ४ दिनमा दमनको प्रतिरोध गर्न नेपालबन्द पनि ग¥यो । दमनकारी ओली सरकारले हाम्रा कमरेडहरूलाई आजसम्म पनि छोडेको छैन । उल्टै दर्जनौं कमरेडहरूलाई देशभरीबाट गिरफ्तार गरेर शान्तिपूर्ण कार्यक्रममा अवरोध सिर्जना गरी दमन गर्न खोजेको बुझिएको छ । हामीले ओली सरकारको यसप्रकारको दमनको सशक्त प्रकारले प्रतिरोध गर्ने नीति लिएका छौँ ।

सबैले बुझेको र हामीले प्रष्ट गर्नुपर्ने कुरा राष्ट्रिय युवा जनस्वयंसेवक वामपन्थी प्रगतिशील क्रान्तिकारी युवाहरूको लोकप्रिय संगठन हो । यसले विराटनगरमा तेस्रो राष्ट्रिय सम्मेलन गर्दै थियो । यसअघि यसले काठमाडौं र पोखरामा दुईओटा सम्मेलन भव्यताका साथ सम्पन्न गरिसकेको छ । यसले निरन्तर जनताको अधिकार, राष्ट्रिय स्वाधीनता र जनताले दैनिक भोगेका समस्याका विरुद्ध संघर्ष गर्दै आएको छ । यतिबेला पनि यो संगठनले राष्ट्रघात र जनघातका विरुद्ध संघर्ष गरिरहेको छ । यो संघर्षलाई आजसम्म कसैले पनि अराजनीतिक, गैरकानुनी (संसद्वादी राज्यअनुसारको) प्रतिबन्धित भनेर घोषणा गरेको छैन ।

तर, केपी ओलीको सरकारले विगतका सबै सरकारलाई उछिन्दै युवा संगठनको राष्ट्रिय सम्मेलनलाई प्रतिबन्द लगायो र सम्मेलनलाई जनयुद्धको संकटकालको अवस्थामा भन्दा पनि निच र कायरतापूर्ण तरिकाले ढंगले बिथोल्यो । सम्मेलनमा सहभागी हुन हिंडिरहनुभएका पूरै निःशस्त्र र शान्तिपूर्ण रूपमा (क. सुदर्शन, क. पदम राईलगायत दर्जनौं युवा प्रतिनिधिहरूलाई गिरफ्तार ग¥यो । बिनाजानकारी युवाहरूको संगठनलाई प्रतिबन्ध र दमन गर्ने कार्य सामान्य नभएर क्रान्तिकारी युवा र नेपाल कम्युनिस्ट पार्टीको लोकप्रियताबाट आतंकित भएको केपी–प्रचण्डको षड्यन्त्रकारी साँठगाँठ हो भन्ने बुझिन्छ ।

केपी ओलीको नेतृत्वमा सरकार बनेपछि हाम्रो कुनै छलफल भएको छैन तर एकाएक युद्ध र प्रतिबन्धित जसरी हाम्रो पार्टीविरुद्ध उत्रेको छ; यसका पछाडि हाम्रो पार्टीविरुद्ध केपी–पिके गठबन्धन घोर त्रास र आक्रोशसहित पूर्वाग्रही धारमा छ भन्ने कुरा बुझ्न कुनै कठिनाई छैन । हामी क्रान्तिकारी शक्ति र क्रान्तिकारी आन्दोलनका लागि यसप्रकारको चुनौती सामान्य नै हो । यदि सुरुबाटै छिटो–छिटो ननिमोठ्ने हो भने भोलि सत्ता मात्र होइन, ‘भेडाको छाला’ पूरै उत्रिनेछ र राजनैतिक मञ्चबाट मुन्ट्याइनेछ भन्ने भयले सबै लाजघीन पचाएर पनि केपी–पिके सरकार दमन गर्न पछि परिरहेको छैन । यस्तै, यो घटना केपीले थाइल्याण्डमा पुगेर भारतीय गुप्तचरहरूसँग रहस्यमय (देखिएको तर गोप्य भनिएको) भेट गरेर फर्केपछि नेपाल आएर भारतीय विदेशमन्त्री शुष्मा स्वराजसँग भद्दा, अमर्यादित एवं अकुटनैतिक सम्बन्ध गरेपछि घटेको छ । सम्भवतः केपी–पिके सरकारले आफ्नो कुर्सीस्वार्थ पूरा गर्न नेपालमा दलालहरूको रक्षा गर्न क्रान्तिलाई प्रहार गर्ने वचन दिएको छ ।

यो वचन लागू गरेको देखाउन सरकार हाम्रो पार्टीविरुद्ध दमनमा उत्रेको छ । नेपालमा उत्पीडित श्रमिक किसान मजदुरवर्ग, उत्पीडित राष्ट्रहरू, उत्पीडित क्षेत्रहरू, दलित, महिलाहरू यो राज्यव्यवस्थाबाट सन्तुष्ट छैनन् । उनीहरूले आफ्नो पूर्ण मुक्ति र अधिकार चाहन्छन् तर जनयुद्धद्वारा हासिल भएका उपलब्धिहरू पनि अहिले गुमेको अनुभूति गरेका छन् । नेपाल कम्युनिस्ट पार्टीले नै जनताको आकांक्षा र मागअनुरूप नेतृत्व क्रान्तिकारी संघर्षसहित गर्दा मुक्तिको चाहना राख्ने जनता क्रान्तिकारी शक्तिको नेतृत्वमा संगठित हुन पुगेका छन् । यो कम्युनिस्ट नाम गरेको सामाजिक दलाल पुँजीवादी सरकार वामपन्थी र दलाल राज्यसत्ता धरापमा पर्ने भन्ने प्रष्ट छ । यो खतराबाट बच्न नेपाल कम्युनिस्ट पार्टी र जनताको एकताभन्दा अर्को विकल्प छैन ।

एमाले–माके साम्राज्यवादी मालिकहरूको टाङमुनि घोप्टो परेर आत्मसमर्पण गरेका छन् । यी दुवैले आफ्नो कायरता र पछि फर्काइलाई छोप्न क्रान्ति सकिएको र विकास गर्ने हावादारी प्रचार गरिरहेका छन् । यी आफैँमा असफल तत्वहरू हुन् । यी तत्वलाई थाहा छ कि ढिलो या चाँडो क्रान्तिको आँधीबेहरी सिर्जना हुनेवाला छ । एकीकृत जनक्रान्ति उनीहरूको आँखाअगाडि अघि बढ्यो र सफल भयो भने उनीहरूको दुनियाँ सम्पूर्ण डुब्नेछ । यस्तो खतरा मोल्नुभन्दा क्रान्तिको घाँटी निमोठेर तिनका मालिकलाई खुसी पार्न र जनतालाई भ्रम दिन खोजेको देखिन्छ । केपी–पिकेलाई सबै कुरा गर्न बढी रुचाउनेमा समग्र सत्ताको पूरा फाइदा सोहोर्न सफल, दलाल भ्रष्ट तस्करहरूको हात रहेको छ ।

सबैलाई थाहा छ, हाम्रो पार्टी जनयुद्धकालदेखि यी लुटेरा तत्वका विरुद्ध संघर्षरत छ । हाम्रो पार्टी राष्ट्रघाती माथिल्लो कर्णाली अरुण तेस्रो र गैरसरकारी संस्था (केही सुदखोरहरूको काम गर्ने संस्था) मा कारबाही गरिरहेको छ । यी तत्वहरूको उक्साहटबाट भ्रष्टाचार यतिबेला बढिरहेको कुरा अनुमान लगाउन गाह्रो छैन । यिनीहरूको भित्री रूपमा थैली भर्ने साँठगाँठका कारण दलाल, ठग, लुटेरा, कर छली गर्ने गराउने अपराधी, जनतालाई कंगाल बनाउने, सुदखोरलाई कारबाही गर्ने केपी एण्ड कम्पनीलाई आफ्नो टाउको बुटले हाने जस्तो भएको हुन सक्छ । त्यसकारण ऊ हाम्रो पार्टीविरुद्ध अन्धाधुन्द दमनमा उत्रेको छ । सारमा भन्दा केपी–पिके गठबन्धनले मालिकहरूलाई खुसी पार्ने र आफ्नो स्वार्थ पूरा गर्न आफुहरू क्रान्तिकारी शक्तिको कट्टर विरोधी भएको देखाउन प्रस्ट संकेत दिन खोजेको देखिन्छ । परन्तु, दमनद्वारा क्रान्तिको समाधान होला वा क्रान्तिकारीहरूलाई तह लगाउन सकिएला भन्ने उनीहरूको निष्कर्ष मनोगत त हुन्छ नै, यो आत्मघातीसमेत हुनेछ ।

जनताको मुक्ति, क्रान्ति र राष्ट्रिय स्वाधीनताको र वैज्ञानिक समाजवादको स्पष्ट लक्ष्य र दृष्टिकोण लिएर मैदानमा उत्रेको पार्टीलाई केही चुनौती थपिएला तर यसले कुनै फरक पर्नेवाला छैन । क्रान्तिकारीहरूको विश्व इतिहास साक्षी छ, क्रान्तिकारी विचारसहितको इच्छाशक्ति दमन खप्न मात्र तयार हुँदैन, दमन गर्नेलाई खरानी पार्न पनि पछि पर्दैनन् । केपी–पिके सरकारका विरुद्ध हामी सम्पूर्ण कमरेडहरूसँग काँधमा काँध मिलाएर मोर्चा समाल्न तयार छौँ ।

Loading...