नेपाल विरुद्ध खतरानाक षड्यन्त्रमा दलार्इ लामा, बुद्ध भारतमा जन्मिएकाे भन्दै थाले प्रचार

काठमाडाैं । दलार्इ लामा चीनबाट भागेर भारतमा बस्दै अाएका धर्म गुरु हुन् । उनले चीनका विरुद्ध भारतीय भूमीमा बसेर अनेकाै षड्यन्त्र गरिरहेकाे अाराेप लाग्ने गरेकाे छ । भारतीय खुफिया एजेन्सी रअ र अमेरिकन जासुसी संस्था सिअाइएका लागि उनले काम गर्ने गरेकाे र उनीहरुकै संरक्षण तथा पालनपाेषणमा उनी बसिरहेकाे बताइन्छ । यसका बारेमा फ्री तिब्बतका लागि अान्दाेलन गरिरहेकाहरुले भने अस्वीकार गर्दै अाएका छन् ।

तिनै दलार्इ लामाले नेपालका विरुद्ध समेत खतरानाक षड्यन्त्र गरिरहेकाे एउटा भिडियाे सार्वजनिक भएकाे छ । याे भिडियाेबाट उनी भारतकाे इशारामा कसरी काम गरिरहेका छन भन्ने कुरा पनि छर्लङ्ग भएकाे छ ।

नेपालकाे लुम्बिनीलार्इ गाैतम बुद्धकाे जन्मस्थल भनेर नेपालले प्राथमिकताका साथ प्रचार गरिरहेका बेला नेपालकाे याे प्रचारलार्इ दलार्इ लामाले भने ‘ननसेन्स’ भन्दै गाली गरेका छन् । उनले बुद्ध नेपालमा जन्मेकाे नभइ भारतमा जन्मेकाे दावी गर्दै नेपालले गरेकाे प्रचार झुटाे भएकाे समेत बताएका छन् ।

दलार्इ लामा बाैद्ध धर्मकै स्थापित गुरु मानिन्छन । उनी बुद्धका ज्ञान सिद्धान्तलार्इ प्रचारप्रसार पनि गर्दै अाएका छन् । जसका कारणले उनीप्रति बाैद्ध धर्मालम्बीहरुकाे सहानुभूती रहँदै अाएकाे छ । तर, उनले यसरी अत्यन्तै गलत प्रचार गर्न थालेपछि सम्पूर्ण बाैद्ध धर्मालम्बीहरु नै सशङ्कित बनेका छन् । भिडियाेमा दलार्इ लामालार्इ उनीसँगै बसेका एक भारतीय नागरिक बेला बेला काेट्याउँदै केही सिकाउछन् । त्यही सिकाएकाे कुरा उनी अग्रेजीमा भटटटट भट्याएकाे देखिन्छ । यसबाट दलार्इ लामा भारतकाे गाेटी हुन् र उनी चीनका विरुद्ध गतिविधि गरिरहेका छन भनेर लगाउने गरेकाे अाराेप सत्य हुन थालेकाे छ । तिब्बतका नागरिकलार्इ उचालेर चीनबाट त्याे भूमीलार्इ मुक्त गराउने षड्यन्त्रमा मात्र नभइ नेपालका विरुद्ध पनि षड्यन्त्रमा लागेकाे प्रष्ट हुन्छ ।

भारतले पनि बुद्धलार्इ भारतमा जन्मेकाे भनेर स्थापित गर्न विश्वभर निकै भ्रम फैलाउँदै अाएकाे छ । भारतले विद्यालय तहका पाठ्यक्रममा समेत यस्ता भ्रमपूर्ण सामाग्रीहरु राखेर विश्वव्यापी रुपमा बुद्धलार्इ भारतमा जन्मेकाे बनाउन प्रयत्न गर्दै अाएकाे छ । भारतीय माध्यामिक तहकाे परीक्षा बाेर्ड सिबिएसर्इले तयार गरेका सबै पाठ्यक्रममा गाैतम बुद्ध भारतमा जन्मिएकाे, लुम्बिनी भारतमा पर्छ, सगरमाथा समेत भारतमा पर्ने जस्ता भ्रमपूर्ण सामाग्री राखिएका छन् ।

यस्ताे छ दलाइ लामाकाे भिडियाे

 

केही भारतीयले यस्ताे हल्ला फिजाउने गरे पनि अाधिकारिक रुपमा भारतीय नेताहरु भने यसलार्इ अस्वीकार गर्दे अाएका छन् । केही वर्ष अगाडि नेपालमा अाएका भारतीय प्रधानमन्त्री नरेन्द्र माेदीले नेपालकाे संसदमा बाेल्दै भारतमा चलाइएकाे त्याे हल्ला अाफूलार्इ थाहा नभएकाे र यदि त्यस्ताे हल्ला चलाइएकाे भए त्याे गलत हुने बताउँदै बुद्ध नेपालमै जन्मिएकाे बताएका थिए ।

त्यसैगरी भारतका चर्चित चलिचित्र अभिनेता अमिताभ बच्चनले पनि बुद्ध भने नेपालमै जन्मिएकाे बताएका थिए । उनले चलाउँदै अाएकाे चर्चित रियालिटी शाे काैन बनेगा कराेडपतिमा बुद्धकाे जन्मसँग सम्बन्धित प्रश्न बनाएर बच्चनले बुद्ध नेपालमा जन्मिएकाे भन्ने प्रष्ट पारेका थिए ।

त्यसैगरी भारतमा चर्चित बाबा रामदेवले पनि बुद्ध भारतमा जन्मिएकाे भनेर फैलाइएकाे हल्ला गलत भएकाे बताएका छन् । उनले इतिहासका महापुरुषहरु जहाँ जन्मिएका हुन् त्यहीकाे भन्नुपर्ने बताउँदै अर्काकाे सम्मानमा चाेट पुर्याउन नहुने समेत बताएका छन् । 

हेर्नुहाेस अमिताभ बच्चनदेखि बाबा रामदेवकाे भनार्इ 

Loading...