जी-२० सम्मेलनबाट ट्रम्प बहिस्कृत । एक्लियो अमेरिका

ट्रम्पकाे अभिव्यक्तिमाथि जी-२० सम्मेलनमा कडा अालाेचना

काठमाडाैं, २५ असार । जर्मनीकाे ह्याम्वर्गमा सम्पन्न जी २० शिखर सम्मेलनबाट अमेरिका एक्लिएकाे छ । विश्वका ठूला पुँजीवादी देशहरुकाे संगठन जी २० शिखर सम्मेलनमा अमेरिकी राष्ट्रपति डाेनाल्ड ट्रम्पले दिएकाे अभिव्यक्ति पनि निकै अालाेचना भएकाे छ ।

ह्याम्वर्ग शिखर सम्मेलनबाट अमेरिका एक्लिनु परेपछि अहिले थुप्रै अमेरिकी बुद्धिजीवीहरुले पनि ट्रम्पकाे अालाेचना गर्न सुरु गरेका छन् । जी २० शिखर सम्मेलनमा ट्रम्पले विश्व जलवायु परिवर्तनबारे सन् २०१५ डिसेम्बरमा भएकाे पेरिस सम्झाैताबाट पछि हट्ने र त्यसलार्इ नमान्ने कुरा दाेहाेर्याएपछि उनकाे अालाेचना भएकाे हाे । सम्मेलन अवधिभर ट्रम्पकाे उक्त अभिव्यतिकाे अालाेचना भएकाे थियाे ।

ट्रम्पले लिएकाे याे नीतिपछि अमेरिका बाँकी विश्वबाट बहिस्कृत भएकाे टिप्पणी सुरु भएकाे छ । साथै जी २० बाट पनि अमेरिका एक्लाे परेकाे छ । शिखर सम्मेलन अायाेजक राष्ट्र जर्मन चान्सलर एंजेला मार्केलले सम्मेलनकाे समापनमा बाेल्दै ट्रम्पकाे अभिव्यक्तिप्रति खेद नै प्रकट गरिन । साथै उनले जी २०बाट अमेरिका एक्लिए पनि बाँकी जी १९ एक ठाउँमा उभिएकाेमा खुसी व्यक्त गरिन । उनले भनिन्, “दुर्भाग्यवस म राष्ट्रपति ट्रम्पकाे अभिव्यक्तिप्रति खेद व्यक्त गर्छु । अमेरिकाले पेरिस सहमतिलार्इ त्यागेकाे छ । तर, हामी पेरिस सम्झाैतामा प्रतिबद्ध छाै‌ र यसलार्इ पूर्ण रुपमा कार्यान्वयनमा अघि बढाइनेछ ।”

त्यसैगरी फ्रान्सका राष्ट्रपति इम्यानुयल माक्राेनले पनि ट्रम्पकाे अभिव्यक्तिमाथि सम्मेलनमा बाेल्दै कडा टिप्पणी गरेका थिए । उनले भने, “हाम्राे विश्व यसअघि यसरी कहिल्यै विभाजन भएकाे थिएन ।”

ह्याम्वर्ग शिखर सम्मेलनबाट अमेरिका विश्वकाे खलपात्र सावित भएकाे भन्दै विश्वभरका मिडियाले चर्चा गरिरहेका छन् । एकातिर सम्मेलनमा सहभागी देशका राष्ट्रप्रमुखहरुबाटै अालाेचित हुनु र अर्काेतिर लाखाै मानिसहरुले ह्यामवर्ग सडकभरि ट्रम्पकाे विराेध गर्नुले अमेरिकामाथि ठूलाे प्रहार भएकाे बताइएकाे छ । यसबाट अमेरिकाले दावी गर्दै अाएकाे एकध्रुवीय शक्ति केन्द्रकाे मान्यता स्खलित भएकाे र अबकाे विश्व बहुध्रुवीय भएर अघि बढ्ने निश्चित भएकाे युराेप र अमेरिकी मिडियाहरुले नै टिप्पणी सुरु गरेका छन । यसबाट अब विश्वमा अमेरिकाकाे पकड खुम्चदै गएकाे देखिन्छ ।

यसपटक ह्याम्वर्गका सडकमा प्रदर्शन गर्ने प्रदर्शनकारीले अमेरिका र ट्रम्पकाे विरुद्धमा कडा नारा लगाए । जर्मन प्रहरीसँग भिड्दै प्रदर्शनकारीले ‘यू अार नाे वेलकम’ र ‘वेलकम टु हेल’ भन्ने जस्ता नारा लगाएर ट्रम्पकाे चर्काे अालाेचना गरे । ट्रम्प बसेकाे जर्मन सांसदकाे गेष्ट हाउस नजिक समेत पुगेर उनीहरुले घेरावन्दी गरे ।

सम्मेलनमा धेरै अालाेचना पाएपछि ट्रम्पले अाफ्नाे देशकाे सुरक्षा पहिलाे प्राथमिकता हुने भएकाेले संरक्षणवाद हरेक देशकाे अधिकार हुने प्रष्टाेक्ति दिए । उनले अाफ्नाे देशकाे सं‌रक्षण गर्न पाउनुपर्ने भन्दै बच्ने प्रयास गरे । तर, ट्रम्पकाे त्याे प्रष्टिकरणलार्इ अमेरिकाकाे गिर्दाे शाखका रुपमा टिप्पणी गरिएकाे छ । अाफूलार्इ सम्पूर्ण रुपमा सधै विश्वकाे सर्वाेच्च शक्तिमा राख्न चाहने अमेरिका यसपटक भने पूरै नूर गिराएर जर्मनीबाट फर्कनु परेकाे भन्दै विश्वभर टिप्पणी भएकाे छ ।

ट्रम्पले अब अमेरिकाले अाफ्नै देशकाे खनिज र उर्जा प्रयाेग गर्ने जस्ता निकै रक्षात्मक अभिव्यति पनि सम्मेलनमा दिएका थिए । यसबाट एकातिर उनकाे साँघुराे साेच छरपष्ट भएकाे छ भने अर्काेतिर अमेरिकी सर्वाेच्चता पनि भुइभरि पाेखिएकाे टिप्पणी सुरु भएकाे छ ।

यसैबीच वातावरण र उर्जा क्षेत्रमा काम गर्ने एक अमेरिकी संस्था क्लाइमेट एण्ड इनर्जी एक्सन प्लान फर ग्राेथका अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत एन्ड्रेयु स्टीरले ट्रम्प बाँकी विश्वबाट बहिस्कृत भएकाे टिप्पणी गरेका छन् । पेरिस सहमति २०१५ डिसेम्बरमा भएकाे थियाे । जसमा १९५ वटा देशले सहमति जनाएका थिए । अमेरिकाले पनि साे सहमतिमा सुरुमा सहमति जनाए पनि गत जून महिनामा साे सहमतिबाट पछि हट्दै ट्रम्पले साे सहमति नमान्ने घाेषणा गरेका थिए । यसले पनि अमेरिका र राष्ट्रपति ट्रम्प विश्वकाे जलवायु परिवर्तन, शान्ति, स्थिरता, विकास र मानव जातिका बारेमा कति संवेदनहीन छन् भन्ने गम्भीर प्रश्न उब्जाएकाे छ ।

Loading...