तलेजु भवानी र नायर बंशी कर्नाटक राजा हरिसिंह देव संग जोडिएको इतिहास

काठमाडौँ। बडा दसैंको नवमीका दिन मात्र खुल्ने काठमाडौं हनुमानढोकास्थित तलेजु भवानीको मन्दिरमा आइतबार अघिल्लो बर्ष जस्तै चाहल्पल भएन। कोरोना संक्रमण फैलिनसक्ने भएका कारण सबै शक्तिपीठमा दर्शनार्थीलाइ रोक लगाएको छ। तलेजु भवानीलाई कर्नाट (नायर ) वंशी राजा हरिसिंह देवले उपत्यकामा आफु साथमा लिएर आएका थिए । ने स ४४३ (सन् १३२५) मा भारतीय मुसलमान शासक गयासुद्दीन तुग्लकले हरिसिंहको राज्य सिम्रौनगढ ( बारा ) मा आक्रमण गरेपछि आक्रमणबाट बच्न उनी आफ्नो इस्त्देवाता तलेजु भवानी सहितभक्तपुरको राजा रुद्र मल्लको शरणमा आएको इतिहासमा उल्लेख छ। कलश स्वरूप तलेजु भवानी दरवार क्षेत्रभित्र ढुंगा छापेको चोक बिचमा सर्वाधिक सम्मानका १३ वटा गजुरयुक्त मन्दिर बनाई प्रतिष्ठापित गराएका थिए । तत्कालिन राजा रुद्रमल्लकि बहिनी देवलदेवी कर्नाटक (नाएर) बंशी राजा हरिसिंह देवका पत्नी थिइन् ।
स्वर्गका राजा इन्द्रको कुलदेवताका रुपमा तलेजु भवानीलाई लिइन्छ । लोकोक्ति अनुशार रावणका छोरा इन्द्रजितले लडाईमा इन्द्रलाइ हाराएपछी साथमा तलेजुलाई लिएर आएको धार्मिक विस्वास रहिआएको छ ।
यक्ष मल्लको राज्य कालमा उपत्यका भित्र राज्य विभाजन भएपछी क्रमिक रुपमा आ-आफ्ना राज्य( काठमाडौँ ,ललितपुर ) मा तलेजु भवानीको स्थापना गर्नथालिएको थियो ।
लोकोक्ति अनुशार तलेजु भवानी काठमाडौँका राजा त्रलोक्य मल्ल संग पासा खेल्थिन् । एकदिन पासा खेल्ने क्रममा त्रलोक्य मल्लका छोराले देखेपछि तत् पश्चात बात राजाले प्रतक्ष रुपमा दर्शन नपाएको र देवी भवानीले बौध्द कन्या अर्थात नेवार शाक्य समुदयकी छोरीमा कुमारीको रुपमा दर्शन दिने बाचा पछि अन्तरध्यान भएको मानिन्छ । त्यसैले जगतप्रकाश मल्लले काठमाडौँस्थित कुमारीघर स्थापना गराएको मानिन्छ । 

कर्नाटक ( नायर ) बंसी राजा हरिसिंह देवका सन्ततिका रुपमा नेवार समुदयेका नाय्,शाही ,खड्गी ,सिंह काठमाडौँ उपत्येकामा गोपाल बंश पछि दोश्रो महिषपाल वंशले शासन गरेका थिए । राजपुत क्षेत्रीय यो बंश अधिराज्य भरि ३ लाख भन्दा बढी संख्यामा रहेको नेपाल खड्गी सेवा समितिका सम्रक्षक मनोज नेवा: खड्गीले बताउनु भयो ।

Loading...