भिमदत्तको कमाण्डमा ३००को फाैज लिएर हामी भारत र नेपालको सेनासँग लड्याै

– पूर्णबहादुर रोक्का, भीमदत्त पन्तद्वारा गठित जनसेनाका एक सदस्य

(भिमदत्त पन्त नेपालकाे किसान अान्दाेलनका एक चर्चित क्रान्तिकारी याेेद्धा हुन् । तत्कालीन राणा शासन विरुद्ध लडेका पन्त २००७ सालमा नयाँ दिल्लीमा भएकाे त्रिपक्षीय सम्झाैताबाट विद्राेह गरी क्रान्तिलार्इ निरन्तरता दिन गएका थिए । पश्चिम नेपालमा किसान अान्दाेलन उठान गरेर नेपाल र भारतीय सेनाका विरुद्ध सशस्त्र युद्ध लडेका भिमदत्तकाे फाेजका एक सदस्य हुन् पूर्णबहादुर राेका । डडेल्धुराकाे रङ्गुना खाेलाकाे बगरमा एेलानी जग्गामा गिट्टी कुटेर जीवनकाे गुजारा चलाइरहेका तिनै भिमदत्तका साहसिक सेनाका सदस्य पूर्णबहादुरसँग राताे खबरका लागि नारायण नेपाल र दिपक भण्डारीले गरेकाे कुराकानी यहाँ प्रस्तुत गरिएकाे छ)

तपार्इको जन्म कहाँ भएको हो ?

मेरो जन्म वि.सं. १९९४ मा प्युठानमा भएको हो । बाजेहरू डँडेल्धुरा बसाइँ सरेका थिए । पण्डितले दिलबहादुर नाम राखिदिए पनि मलाई पूर्णबहादुर भनेर चिन्छन् । अहिले यही डडेल्धुराको जोगबुढास्थित रङ्गुनाको किनारमा ऐलानीमा छाप्रो हालेर बसेको छु ।

भीमदत्त पन्तसँग तपाईंको चिनजान कहाँ भएको हो ?

२००७ सालमा ब्रह्मदेव नाकामा नुन लिन जाँदा भीमदत्त पन्तसँग मेरो भेटघाट भएको हो । भीमदत्त २००७ सालको क्रान्तिमा भाग लिएका तर दिल्ली सम्झौताबाट असन्तुष्ट कमान्डर रहेछन् । उसबेला मलाई त्यो कुरा थाहा थिएन । जेलबाट रिहा भएपछि भीमदत्तले आफ्नै नेतृत्वमा पार्टी गठन गरे । नाकामा भारतीय अत्याचार र सामन्ती कहरका विरुद्ध उनले विद्रोह गरे । म पनि उनको पार्टीको एकजना सिपाही थिएँ ।

आन्दोलन कसरी सुरु भएको थियो ? केके गर्नुभयो त ?

काठमाडौँको बेवास्ता र भारतीय ज्यादतीले जनता आजित थिए । तीन वर्षदेखि नेपालमा नुन रोक्का भएको थियो । भारतीयहरूलाई ‘काली स्वास्नीको ४ आना, गोरी स्वास्नीको ८ आना’ कर तिर्नुपथ्र्याे । जाली तमुसकले गरिबलाई उठिबास गराइरहेको थियो । प्रहरीले ती सबैको रक्षा गथ्र्याे । थानाका मुखियालाई बोरामा पोको पारेर जिउँदै महाकाली नदीमा फालिदिए । जनतालाई नुन बाँडिदिए । हामीले नाकाका सबै भारतीय व्यापारीलाई लखेट्यौँ र तिनका पसलमा आगो लगायौँ ।

विद्रोहको नेतृत्व कसले गथ्र्याे ? सेना पनि थिए कि ?

छाकमा ५ बोरा चामल खाने फौज थियो । तिमीहरूकै खुन खाएका हुन् भनेर नुन र चामल जनतालाई बाँडिदिन्थ्यौँ । हातले बाँड्दा तलमाथि होला भनेर साबेलले बाँड्थ्यौँ । मुख्य नेता भीमदत्त थिए । फौज थियो । जनता सबै अत्याचारको विरुद्ध उत्रिएका थिए । नेता, जनता, फौजको लर्काे लाग्थ्यो ।

भीमदत्तका विषयमा राेचक प्रसङ्ग केही छन् ?

भनेर साध्य नै छैन । उनी असाध्यै दूरदर्शी र जनतालाई माया गर्ने नेता थिए । त्यस्तो मान्छे त देखेकै छैन । उनले श्रीमतीसँग बिदा हुने बेलामा ‘साउनको महिना घर आय आया, नआया तिमी राँडी भयौ’ भन्दै हिँडेका थिए । नभन्दै त्यस्तै भयो, उनी साउनमा घर पुगेनन्, मारिए ।

भीमदत्तको फौजलाई तालिम कसले दिन्थ्यो ? हतियार कहाँबाट आउँथ्यो ?

भीमदत्त आफैँ फौजी मान्छे थिए । भारतीय सेनाका अवकाश प्राप्त हबल्दार हाम्रो सेनामा थिए । धनगढीको लडाइँमा उनी भारतीय सेनाद्वारा मारिए । हामीले सरकार र सामन्तका हतियार खोसेर फौज बनाएका थियौँ ।

धनगढीको मोर्चामा तपाईंहरूले ठूलो क्षति बेहोर्नुपरेको चर्चा छ नी ?

हामी लगातार ३ दिन ३ रात लडेका थियौँ । धनगढी जित्न पाएको भए नेपालै कब्जा हुन्थ्यो । मेरो टाउकोमा उसबेलाको घाउको दाग अझै छ । हाम्रो ३०० जतिको फौज थियो । हामीसँग लड्न सरकारले भारतीय सेना पनि बोलाएको रहेछ । हाम्रो गोलीगट्ठा सकियो । त्यसपछि कति मरे, लेखाजोखा भएन । म आफैँ घाइते थिएँ । साथीहरूले छोडेर गए । म¥यो भन्ठानेर होला । मैले भने लाससँग मरेझैँ गरेर पल्टिएर ज्यान जोगाएको हूूँ ।

भीमदत्त पन्त कसरी मारिए ? केही बताइदिनुहुन्छ कि ?

धनगढीमा क्षति भएपछि फौज पहाडमा क्रियाशील थियो । भारतीय र शाहीसेनाले पछ्याउँदै थियो । कारी गाउँका लालबहादुर बोहोरा प्रहरी थिए । उनी भीमदत्तका मित थिए । उसले विश्वासघात गरेछ । बासको इरामा बन्दुक भित्तामा अड्याएर खाना खान सुरुमात्र गरेका थियौँ, गोली चल्यो । सुरुमै भीमदत्तलाई ताकेर गोली हानेछन् । उनको छातीमा ३ गोली लागेको थियो ।

प्रतिरोध गर्नुभएन ? भीमदत्तले केही भन्न भ्याएनन् ?

मर्ने बेलामा ‘मेरो खुन बौरनेछ’ भनेका थिए । दुवै पक्षले फायर नखोल्ने सहमति थियो । उनीहरूले नियम उल्लङ्घन गरे । हामी असावधान भएछौँ । आदेशबिना गोली चलाउन पनि भएन ।

तपाईं जेल पनि पर्नुभयो कि ? कहिले छुट्नुभयो ?

२००९ सालमा गिरफ्तार भएर ७ वर्ष जेलमा बसेँ । २०१६ सालमा बहुदल आएपछि रिहा भएँ । जेलमा भीमदत्तका सबै राजबन्दीलाई छोड्ने पत्र माथिबाट जेलमा आएको रहेछ ।

तपाईंलाई सङ्गठित गर्न कोही आउँदैनन् ?

एमाले पार्टीका मान्छेहरू आएर तिमी भीमदत्तका सिपाही रहेछौ, पार्टीमा लागौँ भन्थे । धेरैपछि माओवादीहरू लिन घरैमा आए । तर गएको छैन । भीमदत्तजस्ता मान्छे नै देख्दिनँ । जनतालाई माया नगर्नेले जनताको सरकार कसरी बनाउला भन्ने ठान्छु ।

भीमदत्तको आज ठूलो महिमा छ । तपाई जिउँदो सहिद भेट्न कोही आउँदैनन् त ?

म त ऐलानी जग्गामा छाप्रो हालेर बसेको छु । बगरका गिट्टी कुटेर जीविका चलाएको छु । सहरमा केके हुन्छ, मलाई थाहा छैन । भीमदत्तकै विषयमा चलचित्र बनेको पनि सुनेको थिएँ । तर पैसा नभएर हेर्न जान सकिनँ ।

देशमा गणतन्त्र आयो, कसरी बुझ्नुभएको छ ?

देशमा अब झन् ठूलो उथलपुथल हुनसक्छ । शान्ति हुनेवाला छैन ।

अरु केही भन्न मन लागेकाे छ कि ?

राजनीतिमा लागियो । जेल, यातना सबै भोगियो । लडाइँ लडेकै हो । जेलबाट छुटेपछि बिहे गरेर यहाँ बसेको छु । लौ हजूर, भीमदत्तको एउटा सेना जिउँदै छ भन्ने खबर काठमाडौँलाई दिनुहोला । 

Loading...