अमेरिकी राष्ट्रपति ट्रम्प पत्नी मेलानी प्रदर्शनकारीको घेराबन्दीमा

ह्याम्वर्ग । जर्मनीको ह्याम्बर्गमा जी–२० विरुद्ध प्रदर्शन गर्नेहरूले अमेरिकी प्रथम महिला मेलानी ट्रम्पलाई शुक्रबार उनको आवासगृहमै घेराबन्दीमा पारेका छन् ।

राजनीतिक नेताका श्रीमतीका लागि उत्तरी जर्मनीमा आयोजित छोटो एउटा कार्यक्रममा उनीहरू सहभागी भएको ट्रम्पका प्रवक्ताले जानकारी दिए ।

“हम्बर्गको प्रहरीले उहाँ बसेको आबास गृहबाट उनीहरूलाई सजिलैसँग हटाउन सकेन,” उनका प्रवक्ता स्टेफन ग्रिशामले भने ।

जलवायु केन्द्रमा जानुको सट्टा प्रथम महिलाहरू जलवायु वैज्ञानिकहरूको प्रस्तुतिका लागि ह्याम्बर्ग होटल जाँदै थिए ।

जर्मनीको समाचार संस्था डीपीएले ४७ वर्षीया ट्रम्प शुक्रबार अन्य भ्रमणहरूमा निस्कन पाएनन् ।

प्रहरीले प्रदर्शनकारीहरूलाई हटाउनका लागि रातभरी पानीको फोहोरा र अश्रुग्यास प्रहार गरिरहेको देखिएको थियो । प्रदर्शनका क्रममा १५९ जना अधिकृत र प्रदर्शनकारी घाइते भएका छन् ।

प्रदर्शनकारीहरूको प्रदर्शन शुक्रबार बिहानैदेखि शुरु भएको थियो । कारहरूमा आगजनी गर्ने, झ्यालहरू तोडफोड गर्ने, प्रहरीको हेलिकोप्टरमा आगो फाल्ने र क्यानडाका सहभागीको कारमा धम्की दिने लगायतका कार्य प्रदर्शनकारीहरूले गरेका थिए ।

प्रदर्शनकारी र प्रहरीले कुकुर र विरालो झै लुकामारी गर्दै अवरोध तथा सुरक्षा प्रदान गर्ने काम गरिरहेका थिए र नेताहरूलाई सम्मेलन स्थलमा पुग्न रोकीरहेका थिए ।

शुक्रबार मात्रै सुरु भएको दुई दिने सम्मेलनका लागि झण्डै २० हजार प्रहरी अधिकृत खटाइएको थियो । उनीहरूसँग हेलिकोप्टर, पानीको फोहोरा हान्ने ट्रक र निगरानी गर्ने ड्रोनहरू पनि रहेका थिए ।

Loading...