विकासको नाममा खोकनामा जे भइरहेछ, पशुपति त्यहीसँग जोडिएको छ- गगन थापा

जनप्रतिनिधिले मागे पशुपति क्षेत्र बिकाश कोषको खारेजी

श्रावन १६ ,काठमाडौँ। पशुपति क्षेत्र विकास कोषले प्रस्ताव गरेको नयाँ गुरुयोजनाको विरोधमा सांसद तथा स्थानीय जनप्रतिनिधिले पशुपति क्षेत्र विकास कोष खारेज गर्न माग गरेका छन् ।
कोषले पशुपति क्षेत्रको नयाँ गुरुयोजना ल्याएको विरोधमा स्थानीय वासिन्दाले संघर्ष समिति नै गठन गरेर आन्दोलनका कार्यक्रम गर्दै आएका छन् । शुक्रबार पशुपतिको दक्षिण ढोकामा भएको संघर्ष समितिको कार्यक्रममा नेपाली कांग्रेसका नेता तथा सांसद गगन थापाले बिकास कोषको गुरु योजना जनता लाई स्वीकार्य नभएको बताउनु भयो। पत्रकार सम्मेलनमा बोल्दै उहाले भन्नु भयो – ‘
पशुपति बिकाश कोषको गुरु योजना हामि मान्दैनौ, येस क्षेत्रका जनताले स्वीकार नगरे सम्म कसैको मनको इछ्या मात्र हुन सक्छ। यो हाम्रो क्षेत्रको बिकाश गुरु योजना होइन येसलाई प्रक्रियाको हिसाबमा हामीले यसलाई मान्दैनौ,आधारभूत रुपमै यो किन गलत छ भने यो ठाउका बारेमा यसको बिकाश प्रवर्धन गर्ने,वा जे भनिएको छ, यसको बारेमा बुझाई नै गलत छ। पशुपति भन्ने बित्तिकै भगवान पशुपति नाथ मात्रै होइन यस संग जोडिएको भक्तहरुको , परम्पराहरु ,रितिरिवाज ,जात्र परम्परा संग जोडिएको छ। जात्र परम्परा रितिरिवाज यस क्षेत्रमा बसोवास गर्ने आदिवासी जनताहरु संगै जोडिएको हुन्छ। सजिलै पशुपतिको गुरुयोजनाको कल्पना गर्न सकिन्छ ,गुरु योजना बनाउन भनेर स्केच बोकेर सबै घरहरु हटाई दिएर खाली ठाउँ राख्न सकिएला , योग सिविर , केन्द्र राख्न सकिएला तर एक पटक यस क्षेत्रका मानिस यहा हटाईये पछि यहाको जात्रा ,परमपरा, रितिरिवाज पछि खरबौ खर्चेर पनि कसैले फर्काउन सकिदैन। आज खोकनामा जे भैरहे छ , पशुपति त्यै संग जोडिएको छ। बिकासको नाममा रैथाने जाति जसको भाष सस्कृति , परम्परा ,सस्कार ,पर्व आदि मास्ने कुरा को सोच गर्दा हामि रत्ति भर पनि बिचलि हुदै नौ किन भने हामीले एसको आधार भुत कुरा नै बुझ्न सकेनौ, ग्रहम गर्न सकेन।
सस्कृति मन्त्रीले यो गुरु योजाना तत्काल बन्द नगरे भगवान पशुपति नाथको साथ् सत्ता संग होइन भक्त संग हुन्छ भन्ने हामीलाई राम्रो संग थाहा छ। छलफल बात यो बिषय तुङ्गिदैन भने संघर्ष समितिले आफ्नो कार्येक्रम अगाडी बढौ छ हामि पनि यसैमा होमिन्छौ। ’

यसै गरि कार्यक्रममा बोल्ने स्थानीय जनप्रतिनिधिले स्थापनाको तीन दशकसम्म कोषले स्थानीयलाई दुःख दिनेभन्दा केही काम नगरेको भन्दै कोषको खारेजीको माग गरे ।

काठमाडौं महानगरपालिका वडा नं ८ का वडाध्यक्ष दिनेश कुमार डंगोलले आफूहरू कोष खारेज गर्न लागिपरेको बताउनुभयो । ‘संघर्ष समितिको कार्यक्रममा उनले भने ‘कोषले ल्याएको गुरुयोजना असफल बनाउन हामी काठमाडौं महानगरपालिकाका वडा नम्बर ७, ८ र ९ का वासिन्दा नै लागि पर्नेछौं । हामीले पशुपति क्षेत्र विकास कोषलाई समेत खारेज गर्न लागिपरेका छौं ।’ उहाँले भन्नुभयो ।

काठमाडौं महानगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष शुद्ध डंगोलले नेपाल सरकारको ऐन अनुसार स्थापना भएको कोषले राम्रोसँग काम गर्न नसकेको बताउनुभयो । उहाँले पशुपति, बौद्ध र स्वयम्भु क्षेत्रमा समेत सरकारले प्रत्यक्ष हस्तक्षेप हुने गरी कोष स्थापना गरिएकोले यो कोषले सधैं आफूहरूलाई दुःख दिने काम मात्रै गरेको आरोप लगाउनुभयो ।
वाग्मती प्रदेशका प्रदेश सभा सांसद् नरोत्तम वैद्यले यो गुरुयोजना कुनै पनि हालतमा खारेज गर्नुपर्ने बताए । प्राचीन बस्ती मासेर यहाँको परम्परा नष्ट गराउने काममा पशुपति क्षेत्र विकास कोष नै लागेको भन्दै उनले यो ‘कथित गुरुयोजना’ कुनै पनि हालतमा कार्यान्वयनमा आउन नसक्ने बताउनुभयो ।

Loading...