पारु खड्का टिकटक एडिक भएपछि राजु परियारको झड्का

काठमाडौँ । एसबिएस म्यूजिक प्रालिले नेपाली नारीहरुको महान चाड हरितालिका तीज २०७७ लाई लक्षित गर्दै राजु परियार र पारु खड्काको सुमधुर स्वरमा तीज गीत बजारमा ल्याएको छ । गीतमा पारु खड्काको प्रस्तुतिमा ‘नरोन ए न्याउली चरी’ नाममा रहेको छ । गीतकाे लय बिष्णु बि.सी ले तयार पारेका हुन् भने शब्द कल्पित मिनु कार्कीको रहेको छ ।

गीतमा पछिल्लो समय भएको टिकटक विकृतिप्रति व्यंग्यात्मक रुपमा प्रहार गरिएको छ । “नरोन ए न्याउली चरी” बोलको गीतको म्युजिक भिडियोमा बिमल अधिकारी, सारिका के.सी, दुर्गा के.सी, अशिना पोख्रेल, आशा जी.सी. र नयन बरालको आकर्षक अभिनय देख्न सकिन्छ । भिडियोकाे निर्देशन लोकप्रिय मोडल बिष्णु बि.सी ले गरेका हुन् भने छायांकन सागर गौतम र सम्पादन दिपक विष्टले गरेका छन् ।

Loading...