बस्तीभित्र छिर्यो बागमती नदि , मचायो बितण्ड ( फोटोहरु )

श्रावन ५ ,काठमाडौं। आइतबार बात परेको बर्षाका कारण देशभर बाढी–पहिरोबाट जनजीवनलाई अस्तव्यस्त वनाएको छ। काठमाडौं उपत्यकामा समेत अविरल बर्षाले खोलाको सतह बढ्दा धेरै स्थान डुबानमा परेको छ। काठमाडौं उपत्यकाका मूल नदीहरु बागमती, मनोहरा, विष्णुमति, हनुमन्ते आसपासका धेरै क्षेत्र सोमबार डुबानमा परेको छ ।
बागमती किनार त्रिपुरेस्वर स्थित सुकुम्बासी बस्तीमा नदीको पानि बस्तीमा पस्दा डुबानमा परेको छ। बादीको जोखम देखिएपछि जनपथ प्रहरी ,शसत्र प्रहरीले सो स्थानका मानिसहरुलाई उद्धार गरि अन्यन्त्र सारेको छ।
नदी किनार ,आसपासका वस्तीहरुमा बाढी पसेपछि खतरा देखिन थालेको छ। मनोहर, विष्णुमति, हनुमन्ते तीन नदीहरु टेकुको दोभानमा वागमतीमा मिसिएर बग्ने गर्दछ। जसको कारण टेकु दोभानवाट बागमती अझ ठूलो भएर उर्लने गरेको छ। चौबिस घण्टा अविरल बर्षले नदीहरुमा बाढीले ठुलो रुप लिएको छ। अन्य समय सुस्त साँघुरिदै ढलको रुपमा बग्ने बागमती बिस्नुमतिले बिशाल रुप लिदा उपत्यकाका सबै नदि निस्कने चोभारमा हेर्नेको भिड लागेको छ।  

 

 

 

 

 

   


यसै गरि देसै भरि अझै पाँच दिनसम्म भारी वर्षा हुने जल तथा मौसम बिज्ञान बिभागले जनाएको छ।
न्यून चापीय रेखा नेपाली आकाशमाथि आएर बसेको र उक्त रेखा नहटेसम्म वर्षात जारी रहने विभागका महानिर्देशक सरजकुमार वैद्यले बताउनु भयो। उहाले मुलुकको मौसमी अवस्थाबारे सोमबार ऊर्जा, जलश्रोत तथा सिंचाइमन्त्री वर्षमान पुन अनन्तलाई ब्रिफिङ गरेका थिए। त्यस क्रममा वैद्यले ९ साउनपछि मात्र क्रमशः पानी पर्ने क्रम कम भएर जाने उल्लेख गर्नु भयो ।

Loading...