थप २२६ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १ हजार ७९३ पुग्यो

काठमाडौं । पछिल्लो २४ घण्टामा २२६ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । यो सँगै नेपालमा संक्रमितको संख्या १७ सय ९८ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार आयोजना गरेको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले थप २२६ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए । जसमा २ सय १३ जना पुरुष र १३ जना महिला रहेका छन् ।

संक्रमित हुनेमा

दैलेखका ४१
कपिलवस्तुका ४०
सर्लाहीका ३८
जुम्लाका १९
रौटहतका १८
कैलालीका १४
सल्यानका १०
दाङका ९
बाँकेका ७
धनुषाका ७
सुर्खेतका ५
सिरहाका ५
नवलपरासी पूर्वका ३
झापाका २
महोत्तरीका २
मकवानपुरका १
उदयपुरका १
अछामका १
बैतडीका १
डोटीका १
कञ्चनपुरका १

क्वारेन्टाइनमा रहनेको संख्या १ लाख ३३ हजार ९७५ रहेका छन् । आइसोलेसनमा रहनेको संख्या देशभरी १ हजार ५ सय ६९ जना रहेको छ ।

मन्त्रालयका अनुुसार सोमबारसम्म नेपालमा आरडिटी विधिबाट १ लाख १३ हजार ७५७ नमुना परीक्षण भएका छन् । पिसिआर विधिबाट भने हालसम्म ७१ हजार ९ सय ३ परीक्षणहरु गरिएका छन् ।

हालसम्म कोरोना संक्रमणले सिन्धुपाल्चोकमा एक, बाँकेमा एक, गुल्मीमा एक, बाराका एक, ललितपुरका एक र अर्घाखाँचीका एक, दैलेखका एक, बाजुराका एक गरी ८ जनाको मृत्यु भएको छ ।

Loading...