पत्रकारले नै गरे ज्ञानेन्द्रमाथि हातपात ! योगेश विरुद्ध बोल्दा पक्रिए फेरि ज्ञानेन्द्र शाही

काठमाडौं, २९ भदौ । पर्यटनमन्त्री योगेश भट्टराईलाई जहाजभित्रै थर्काउने ज्ञानेन्द्र शाही पुनः पक्राउ परेका छन् । कुपण्डोलस्थित नेपालीका लागि नेपाली अभियानको कार्यालयमा आयोजना गरिएको पत्रकार सम्मेलनबाटै उनलाई प्रहरीले गिरफ्तार गरेको बताइएको छ ।

शनिवार नेपालगञ्ज एयरपोर्टमा संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईका कारण १ घण्टा प्लेन डिले भएको भन्दै शाहीले जहाजभित्रै मन्त्रीलाई झपारेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो । उक्त घटनाका बारेमा मन्त्री भट्टराईले स्पष्ट पार्दै सामाजिक सञ्जालमा स्टाटस पनि लेखेका थिए । आफ्नो स्टाटसमा मन्त्री भट्टराईले आफ्ना कारणले १५ मिनेट मात्रै प्लेन डिले भएको प्रष्ट पार्दै त्यही १५ मिनेट ढिला भए पनि त्यसका लागि माफी मागेका थिए । तर, ज्ञानेन्द्र शाहीले भने आफूसँग ६ः१५ को टिकट रहेको र जहाज ७ः१५ मा उडेको बताउँदै मन्त्रीले ठाडै ढाँटेको दावी गरेर भिडियो लाइभ दिएका थिए । साथै त्यसबारे प्रष्ट पार्ने र वोर्डिङ पास सार्वजनिक गर्ने भन्दै शाहीले कुपण्डोलमा पत्रकार सम्मेलनको आयोजना पनि गरेका थिए ।

तर, उनले आयोजना गरेको पत्रकार सम्मेलन उनकै लागि प्रत्युत्पादक भयो । पत्रकार सम्मेलनमा उनीमाथि आक्रोशित पारामा प्रश्नहरु सोधिए । प्रश्नहरु सोध्दै अन्ततः पत्रकार सम्मेलनमा हातहालाहाल नै भयो । पत्रकार सम्मेलन नै विथोलिएको केहीबेरमै शाहीलाई प्रहरीले गिरफ्तार गरेको हो ।

पत्रकार सम्मेलनमा प्रश्न सोध्नेहरु कोही आफूलाई विद्यार्थी बताइरहेका थिए भने कोही आफू पत्रकार भएको बताइरहेका थिए । उनीहरुले ज्ञानेन्द्रले जुम्लामा एसएलसी उत्तीर्ण गर्न नसकेको, पछि चाटर्ड एकाउन्टेन्ट पढ्न दिल्लीमा गएको तर त्यहाँ नक्कली प्रमाणपत्र पेश गरेको, उनले नाम नै ढाँटेको भन्ने जस्ता प्रश्न सोधिरहेका थिए । प्रश्न गर्दै मञ्चतिर विस्तारै च्यापिदै गएका युवाले अन्ततः ज्ञानेन्द्र बसेको टेबुलमै पुगेर हातपात गरेका थिए । प्रश्न सोध्नेहरु आक्रोशित भएपछि ज्ञानेन्द्रले पत्रकार सम्मेलनमा पत्रकारले मात्रै प्रश्न सोध्न भन्दै तपाई कुन मिडियाबाट हो भनेर उल्टै प्रश्न गरेका थिए । तर, प्रश्न सोध्नेले आफू विद्यार्थी भएको भन्दै तपाईलाई हामीले प्रश्न सोध्न नपाउने भन्दै आक्रोश पनि व्यक्त गरेका थिए । 

ज्ञानेन्द्र शाहीले पत्रकार सम्मेलनको आयोजना गर्नुअघि प्रहरी उनको कार्यालयमा पुगेको थियो । प्रहरी पुगेपछि ज्ञानेन्द्र शाही भिडियो लाइभ गर्न सुरु गरेका थिए । भिडियो लाइभमा उनले प्रहरी इन्स्पेक्टरको नेतृत्वमा युनिफर्मसहित गएको प्रहरी कार्यालयमा प्रवेश गर्न लागेको जानकारी गराएका थिए । साथै ज्ञानेन्द्रले प्रहरीलाई भित्र छिर्न नदिन र पत्रकारहरु छिटो बोलाउन भन्दै आफ्ना सहकर्मीहरुलाई भनिरहेका थिए । त्यसपछि आफ्ना नेता तथा बरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेलाई फोन गरेर बोलाउन लगाएका थिए । न्यौपाने आउनु अघि नै कार्यालयको हलमा पुगेर पत्रकार सम्मेलन सुरु गरेका शाही सुरुमा निकै आक्रोशित थिए । तर, पत्रकार भनेर बोलाएकाहरु सबै उनकै विरुद्ध खनिएपछि उनलाई हम्मेहम्मे परेको थियो ।

प्रश्न गर्ने केही युवाले शाहीलाई ‘झुट र ढोंगी’ भनेका थिए । ‘तपाईं नाम पनि ढाँट्ने, पढाइ पनि ढाँट्ने ? तपाईं एसएलसी फेल हो कि होइन ?’ भन्दै प्रश्न गरिएका थिए । शाहीले उत्तर दिए पनि उनको कुरै नसुनी उनीमाथि एकोहोरो प्रश्न तेर्स्याएका थिए । त्यसपछि आफूलाई विद्यार्थी भन्ने केही युवाले शाहीमाथि हातपात गरेका थिए । ज्ञानबहादुर शाही वास्तविक नाम भएको भए पनि उनले आफ्नो नाम ज्ञानेन्द्र किन भनेको भनेर प्रश्न सोध्ने युवाहरुलाई ज्ञानेन्द्रले त्यसो भए प्रचण्ड नाम किन राखियो त भनेर प्रश्न गरेका थिए । प्रश्नसोध्ने युवाले लगत्तै म के प्रचण्डको छोरो हो र प्रचण्ड को हो भनेर प्रश्न गर्ने भन्दै उत्तेजित भएका थिए । 

पत्रकारका रुपमा पुगेका युवाहरु आक्रोशित भएर स्थिति उत्तेजित भएपछि ढोका थुनेर भित्र पस्न नदिइएका प्रहरीलाई पछि भित्र पसाइएको थियो । त्यसपछि प्रहरीले उनलाई गिरफ्तार गरेको हो ।

जहाजको घटनापछि मन्त्री भट्टराईले लेखेको स्टाटस र ज्ञानेन्द्र शाहीले लेखेको स्टाटस यस्ता छन्

 

हेर्नुहोस ज्ञानेन्द्रले पत्रकार बोलाएदेखि हातपात भएको र हातपात भएपछि उनलाई गिरफ्तार गर्दै गर्दा उनलाई हातपात गर्न युवाहरुले लखेटेको २ वटा भिडियो

बिरोध सभ्य ढंगले गर्न पर्छ मन्त्रीको सानो कमजोरी लाई लिएर पुरै पाटी लाई ईसारा गर्दै आज बाट अरिङ्गालको दिन गन्ती सुरु भन्दै कुर्लनेलाई आज ऊस्कै शैलिमा राम धुलाई भ्याकुर खेदाई गरेछन ऊस्कै शैलीमा भन्न पर्दा भुसिया कुकुर पुच्छर टाङमुनी हाल्दै भागेछन। अराजकताले अर्को ऊग्र अराजक समुह जन्माऊछ। सुरुको रातो सर्ट लाऊने र पाईन्ट तान्दै भाग्ने ज्ञानेन्द्र शाही हुन गजडीका सन्तान लखेट्दै अरिङ्गाल।#अरिंगाल_VS_गजडीका_संतान

ज्ञानम रुम्बा तामाङ ಅವರಿಂದ ಈ ದಿನದಂದು ಪೋಸ್ಟ್ ಮಾಡಲಾಗಿದೆ ಭಾನುವಾರ, ಸೆಪ್ಟೆಂಬರ್ 15, 2019

 

 

 

 

Loading...