हेर्नुहोस् प्राथमिक तहको झापा, इलाम, पाँचथर, ताप्लेजुङ जिल्लाको अन्तिम नतिजा

काठमाडौं । शिक्षक सेवा आयोगले खुलातर्फको प्राथमिक तहको अन्तिम नतिजा प्रकाशन गरेको छ । बुधवारदेखि अन्तिम चरणको नतिजा प्रकाशन गर्न सुरु गरेको आयोगले शनिवार मध्यपश्चिमका थप चार जिल्लाको नतिजा प्रकाशन गरेको हो । नतिजा प्रकाशन गर्ने क्रममा आयोगले झापा, इलाम, पाँचथर, ताप्लेजुङ जिल्लाको नतिजा प्रकाशन गरेको छ ।

गतवर्षको असोज १३ मा भएको परीक्षाको गएको असार १० गतेदेखि २९ गतेसम्म नतिजा प्रकाशन गरेको थियो । आयोगले लिखित परीक्षा उत्तीर्णहरुलाई असार ३० गतेदेखि साउन १४ गतेसम्म अन्तर्वार्ता सञ्चालन गरेको थियो । साथै, छुटेकाहरुको साउन २५ गते अन्तर्वार्ता लिइएको थियो ।

९ हजार ९ सय ९६ पदमा भएको विज्ञापनमा १४ हजार १ सयबढीले लिखित परीक्षा उत्तीर्ण गरेका थिए । यहाँ चारै जिल्लाको पूरा नतिजा दिइएको छ ।

हेर्नुहोस् झापा जिल्लाको अन्तिम नतिजा

 

हेर्नुहोस् इलाम जिल्लाको अन्तिम नतिजा

 

हेर्नुहोस् पाँचथर जिल्लाको अन्तिम नतिजा

 

हेर्नुहोस् ताप्लेजुङ जिल्लाको अन्तिम नतिजा

Loading...