बन्दुकधारी र सुरक्षाकर्मीबीच गोली हानाहान, ६ सुरक्षाकर्मी घाइते

काठमाडाैं । अमेरिकाको फेलाडेल्फियामा बन्दुकधारी र प्रहरीबिच गोली हानाहान भएको छ । गोली हानाहानको क्रममा कम्तिमा ६ सुरक्षाकर्मी घाइते भएको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् ।

फेलाडेल्फिया मुख्य शहर नजिकै रहेको भवनमा बन्दुकधारीले गोली चलाएका हुन् । सरकारी अधिकारीले ‘ड्रग्स वारेन्ट’ गरिरहेका बेला गोली हानाहान सुरु भएको हो ।

स्थानीय समय अनुसार बुधबार बेलुका साढे ४ बजे (नेपाली समय अनुसार बिहीबार बिहान सवा २ बजे) देखि गोली हानाहान सुरु भएको हो । बन्दुकधारीले आफूलाई भवनमा बन्द गरेर गोली चलाएका हुन् । ९ घण्टा बितिसक्दा पनि बन्दुकधारीले आत्मसमर्पण गरेका छैनन् ।

सुरक्षाकर्मी उनलाई पक्राउ गर्ने प्रयासमा छन् । स्वाट टिमले बन्दुकधारी रहेको भवनमा फसेका दुई प्रहरी अधिकारी र अरु तीनजनाको उद्धार गरेको छ ।

Loading...