पारिश्रमिक लिएर कार्यक्रममा नगएपछि सोनाक्षीको बयान लिन घरमै पुग्यो प्रहरी

एजेन्सी । यतिबेला बलिउड अभिनेत्री सोनाक्षी सिन्हा ठगीको मुद्दाका कारण विवादमा तानिएकी छिन् ।

सोनाक्षीले सन् २०१८ को सेप्टेम्बरमा एक स्टेज शोमा प्रस्तुति दिनुपर्ने थियो । सोनाक्षीलाई यो कार्यक्रमका लागि मोटो रकम पारिश्रमिकको रुपमा दिइएको थियो । पारिश्रमिक लिएपनि पछि उनी त्यो कार्यक्रममा सहभागी नभएको भारतीय संचार माध्यमहरुले बताएका छन् ।

त्यसपछि सोनाक्षीविरुद्ध कार्यक्रमका आयोजकले सोनाक्षिले ठगि गरेको भन्दै मुद्दा दर्ता गरेका थिए । यही घटना बारेमा सोनाक्षीको बयान लिन प्रहरी टोली मुम्बई जुहुस्थित सोनाक्षी निवास गएको थियो ।

प्रहरी टोली सोनाक्षीको घर पुग्दा उनी घरमा नभएको भारतीय संचार माध्यमहरुले बताएका छन् । त्यसैले प्रहरी टोली फेरि दोस्रो पटक सोनाक्षीको घर जानसक्ने बताइएको छ । यस घटनाका विषयमा सोनाक्षीका म्यानेजरले भने सोनाक्षीलाई लगाएका सबै आरोप झूटाे रहेको बताएका छन् । साथै उनले यो सबै सोनाक्षीको छवी खराब गर्ने तरिका भएको दाबी गरेको रिपोर्टमा बताइएको छ ।

पछिल्लो समय सोनाक्षिका चलचित्रले खासै सफलता पाउन सकेका छैनन् । केही समयअघि सोनाक्षी सिन्हा चलचित्र ‘कलंक’ मा देखिएकी थिइन् तर त्यो चलचित्रले बक्स अफिसमा सफलता हासिल गर्न सकेको थिएन । अहिले सोनाक्षी आगामी चलचित्र ‘खानदानी सफाखाना’ को प्रचारमा व्यस्त छिन् । यो चलचित्र सन् २०१९ को अगष्ट २ मा रिलिज हुनेछ ।

साथै यो ठगि बिबादले समेत उनलाई नकारात्मक असर पर्न सक्ने बताइएको छ ।

Loading...