काठमाडौँ । आबुधाबीमा त्रिपक्षीय वार्ता नसकिँदै रूसले युक्रेनको राजधानी किभ लगायतका क्षेत्रमा रूसले यो वर्षकै ठूलो हमला गरेको छ। गएराति रूसले राजधानी लगायतका क्षेत्रमा ठूलो संख्यामा मिसाइल र ड्रोनले हमला गरेको अमरिकी टेलिभिजन नेटवर्क सिएनएनले जनाएको छ। शुक्रबार अबुधाबीमा रूस-युक्रेन-अमेरिकी अधिकारीबीच पहिलो चरणको वार्ता सकिएलगत्तै रूसले हमला सुरू गरेको हो। वार्ता शनिबार पनि बस्ने तय भएको […]
समाज
स्वतन्त्र उम्मेदवार महावीर पुनलाई उज्यालो पार्टीको समर्थन
काठमाडौं । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि म्याग्दीमा स्वतन्त्र उमेदवार बनेका निवर्तमान शिक्षामन्त्री महावीर पुनलाई उज्यालो पार्टी नेपालले पनि समर्थन गरेकोछ । यसअघि रास्वपालगायतका केही दलले पनि समर्थन गर्दै आफ्ना उम्मेदवारलाई निष्क्रिय बनाएका छन् । पार्टीका प्रवक्ता डा राजु थापाले वक्तव्य जारी गर्दै महावीरलाई समर्थन गरेको जनाएका छन् । म्याग्दीको अन्नपूर्ण गाउँपालिका– ८ नाङ्गी गाउँमा […]
हिमपातका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध
रुकुम । रुकुम पूर्वमा परेको हिमपातका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ। गए रातिदेखि निरन्तर भइरहेको हिमपातले लोकमार्गको लुकुम–पातिहाल्ना खण्ड पूर्ण रूपमा बन्द भएको जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वले जनाएको छ। लोकमार्ग अवरुद्ध भएपछि सवारीसाधन वारपार हुन नसक्दा काठमाडौँबाट छुटेका बसहरू समेत बाटोमै फसेका छन्। फसेका यात्रु र सवारीको अवस्थाबारे जानकारी पाएपछि इलाका प्रहरी कार्यालय […]
गण्डकीमा अब निजी सवारी साधनले पनि भाडाका यात्रु बोक्न पाउने
पोखरा । गण्डकी प्रदेश सरकारले राइड सेयरिङ सेवालाई वैधानिकता दिँदै कार्यान्वयन सुरु गरेको छ। माघ ४ गते बसेको मन्त्रिपरिषद् बैठकले मौजुदा नियमावलीमा केही संशोधन गर्दै कार्यान्वयन अघि बढाउने निर्णय गरेको हो। यसअघि वैशाख ३० गते नै नियमावली पारित भए पनि सङ्घ सरकारको अवरोधका कारण कार्यान्वयन रोकिएको थियो। नियमावलीमा देखिएका अस्पष्टता हटाएर पुनः कार्यान्वयनमा ल्याइएको मुख्यमन्त्री […]
हिमपातका कारण सुदूरपश्चिमका पहाडी जिल्लामा राजमार्ग र विद्युत् अवरुद्ध
बैतडी । सुदूरपश्चिमका पहाडी जिल्लामा भएको भारी हिमपातले जनजीवन प्रभावित भएको छ भने प्रमुख राजमार्गहरू पूर्ण रूपमा अवरुद्ध भएका छन्। बैतडी र डडेल्धुरासहितका उच्च लेकाली क्षेत्रमा शुक्रबार रातिदेखि परेको हिमपातका कारण सवारी आवागमन ठप्प भएको हो। बैतडीको नारखोली, खोडपे, श्रीभावर, सतबाँझ र देहिमाडौँ क्षेत्रमा हिमपात भएपछि दशरथचन्द राजमार्ग र जयपृथ्वी राजमार्ग गए रातिदेखि नै बन्द […]
एमालेको ओखलढुंगा कमिटी नै नेकपामा प्रवेश
काठमाडौँ । नेकपा (एमाले)को ओखलढुंगा जिल्ला कमिटी नै नेपाली कम्युनिस्ट पार्टीमा प्रवेश गरेको छ। शुक्रबार काठमाडौंको नवदुर्गा पार्टी भेन्युमा एक समारोह आयोजना गरी नेकपाले एमाले ओखलढुंगाको जिल्ला कमिटीका ३८ जनालाई स्वागत गरेको हो। ओखलढुंगा जिल्ला अध्यक्ष ज्ञानबहादुर खड्का, उपाध्यक्ष कमलप्रसाद न्यौपाने, सचिव अशोक थापा, उपसचिव राजिव कट्वाल सहित ३८ जना नेकपमा समाहित भएका हुन्। उनीहरूले शुक्रबार […]
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय (सूचीसहित)
काठमाडौं । सरकारले पछिल्लोपटक बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ । बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा मन्त्रिपरिषद् बैठक गरेको थियो । उक्त बैठकका निर्णय सरकारका प्रवक्ता समेत रहेका गृहमन्त्री ओमप्रकाश अर्यालले शुक्रबार पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेका हुन् । उनका अनुसार, सरकारले तोकिएको उद्योग व्यवसायको क्षेत्रमा स्वचालित मार्ग (अटोमेटिक रूट) बाट हुने विदेशी लगानीको माथिल्लो […]
बैतडीमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु, ३ घाइते
बैतडी । बैतडीमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने अन्य तीन जना घाइते भएका छन् । धनगढीबाट दार्चुलातर्फ आउँदै गरेको म १ त १०१३ नम्बरको ट्याक्टर बिहीबार बिहान करिब साढे ९ बजेको समयमा दशरथचन्द राजमार्ग अन्तर्गत पाटन नगरपालिका–८ अनारखोलीमा दुर्घटनामा परेको हो । दुर्घटनामा परेर दार्चुलाको महाकाली नगरपालिका–५ गल्फैका अन्दाजी २१ वर्षका चालक […]
नेपाल भ्रमणका लागि काठमाडौँ आइपुग्यो चिनियाँ उच्चस्तरीय टोली
चिनियाँ कम्युनिस्ट पार्टी अन्तर्राष्ट्रिय विभागका नेपाल प्रमुख झेङ युहा (सरला)को नेतृत्वको एक टोली काठमाडौँ आइपुगेकाे छ । चिनियाँ टोली तीन दिनसम्म नेपाल भ्रमणमा रहने नेपालस्थित चिनियाँ राजदूतावास स्रोतले जनाएको छ । जेनजी आन्दोलनपछि चीनबाट भएको यो पहिलो उच्चस्तरीय भ्रमण हो । देशको बदलिँदो परिस्थिति, चुनावलगायतका विषय बुझ्न यो टोली नेपाल आएको बताइएको छ । झेङ नेपाल […]
उम्मेदवारको नामावली आज प्रकाशन हुँदै
काठमाडौँ । प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएका उम्मेदवारको नामावली आज प्रकाशन हुँदै छ । निर्वाचन आयोगको निर्वाचन कार्यतालिका अनुसार पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फको निर्वाचन कार्यक्रम अनुसार मनोनयन पत्र दर्ता भएका उम्मेदवारको विरोधमा हिजो उजुरी दिने कार्यतालिका थियो । उक्त उजुरीउपर जाँचबुझ एवं आवश्यक निर्णय गरी बेलुकी ५ बजेदेखि ७ बजेसम्म उम्मेदवारको अन्तिम नामावली […]











