नेपाल विधि विज्ञान प्रयोगशालाका लागि भवन नै छैन

काठमाडौँ, ६ साउन । अपराधका घटनामा वैज्ञानिक परीक्षणका लागि स्थापना भएको नेपाल विधि विज्ञान प्रयोगशालाका लागि छुट्टै भवन छैन । यसअघि नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान (नास्ट) अन्तर्गत रहेको प्रयोगशाला अहिले स्वायत्त संस्थाको रुपमा छ । सरकारले प्रयोगशालाका लागि आवश्यक दरबन्दीको व्यवस्था गरिसकेको प्रयोगशालाका निमित्त कार्यकारी निर्देशक वीरेन्द्रराज शाक्यले बताए । तर जनशक्तिलाई काम गर्नका […]