प्रहरी महानिरीक्षक खनालबाट विजया दशमीको टीका प्रदान

असोज २२ ,काठमाडौँ ।

प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले विजया दशमीकाे अवसरमा वरिष्ठ प्रहरी अधिकृतहरु, प्रहरी अधिकृत तथा जवानहरु, पूर्व प्रहरी कर्मचारीहरु एवम् प्रहरी परिवारला टीका लगाइ लगाइदिएका छन् ।

बुधबार प्रहरी प्रधान कार्यालयस्थित महानिरीक्षकको निवासमा प्रहरी अधिकृत तथा जवानहरु, पूर्व प्रहरी कर्मचारीहरु एवम् प्रहरी परिवारलाई प्रहरी महानिरीक्षक खनालले विजया दशमीको शुभकामना दिदै सुख, समृद्धि एवम् उत्तरोत्तर प्रगतिको कामना गरेका हुन् ।

सो अवसरमा नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष श्रीमती प्रमीला खनालले उक्त संघका पदाधिकारी एवम् सदस्यहरुलाई टीका लगाउनुको साथै टीका ग्रहणका लागि उपस्थित महानुभावहरुलाई जमरा र प्रसाद प्रदान गर्दै विजया दशमीको शुभकामना समेत आदानप्रदान गरिएको थियो ।

Loading...