खेलकूदलाई प्रवद्र्धन गर्दै ललितपुर महानगरपालिका, थ्री स्टारलाई विशेष सम्मान

    कार्तिक १८ ,   ललितपुर महानगरको खेलकूदलाई प्रवद्र्धन गर्न ललितपुर महानगरपालिकाले महानगर भित्रका ‘ए’, ‘बि’ र ‘सि’ डिभिजन क्लबलाई बार्षिक सहयोगको थालनी गरेका छन । शनिबार ललितपुर महानगरपालिकाले सम्झौता हस्ताक्षर तथा विशेष सम्मान कार्यक्रमको आयोजना गर्दै नगर प्रमुख चिरिबाबु महर्जनले ‘ए’ डिभिजन क्लबलाई ४ लाख, ‘बि’ डिभिजन क्लबलाई ३ लाख र ‘सि’ डिभिजन क्लबलाई २ लाख रुपैयाको चेक हस्तान्तरण गरेका हुन् । महानगरपालिका भित्रका २९ वटा वडामा २०० वडा भन्दा बढी क्लव र जिल्लास्तरमा ३० भन्दा बढी विभिन्न खेलकुद संघहरु रहेको उल्लेख गदै ललितपुर जिल्ला फुटबल संघका अध्यक्ष पुरुषोत्तम थापाले महानगरपालिकाले आगामी दिनमा अन्य खेल क्षेत्रका खेलाडीहरुलाई पनि समेट्ने विश्वास प्रकट गरे । कार्यक्रममा महानगरका फुटबल टिमहरुलाई व्यवस्थित गर्ने उद्धेश्यले विशेष सहयोग प्रदान गर्ने दोश्रो नगरसभाको नीति अनुरुप मिति २०७५ असोज २६ गतेको कार्यपालिकाको बैठकबाट गरिएको निर्णय अनुसार ११ राष्ट्रिय फुटबल खेलहरु मध्ये ७ खेलमा जीत हासिल गरेको थ्री स्टार क्लबलाई प्रति जीतको ४ लाखका दरले २८ लाख र सम्झौता अनुरुप ‘ए’ डिभिजनको क्लबका नाताले ४ लाख लाखको चेक सहित विशेष सम्मान पनि प्रदान गरिएको थियो । सम्झौता अनुरुप ४ लाख प्राप्त गर्ने ललितपुर महानगरभित्र रहेका पाँच वटा ‘ए’ डिभिजन क्लबहरु फ्रेन्ड्स, ब्रिगेड ब्वाइज, जावलाखेल र च्यासल युथ क्लब रहेका छन । त्यसैगरि महानगरले ‘बी’ डिभिजनका क्लब सातदोबाटो युथ क्लव, पुल्चोक स्पोर्टस् क्लव, खुमलटार युथ क्लब र झम्सिखेल युथ क्लवलाई तीन लाख र ‘सी’ डिभिजन क्लबहरु खालीबारी युथ क्लव र सानेपा क्लवलाई पनि प्रति क्लब दुई लाख प्रदान गरेका छन ।

Loading...