समाचार सामग्रीले राज्यलाई फाइदा हुन्छ कि घाटा हुन्छ हेर्नु पर्ने कि नपर्ने ? ः मेयर शाक्य

काठमाडौँ महानगर पालिकाला मेयर बिद्या सुन्दर शाक्यले पत्रकारलाइ अनुशासन लाग्ने कि नलाग्ने भनि प्रश्न गर्नु भएको छ। स्वयम्भु परिसरमा पुनः निर्माण सम्पन्न भएको कर्मराज महाविहार (गुम्बा)को उत्घाटन कार्येक्रममा मेयर शाक्यले भन्नु भयो – ‘ पत्रकारले पस्कने सामग्रीले राज्यलाई फाइदा हुन्छ कि घाटा हुन्छ हेर्नु पर्ने कि नपर्ने ? योकुराको अब मुल्यांकन गर्नु पर्ने अवस्था आएको छ । युट्युबमा जेपायो त्यो बोलेर लेखेर कसैको चरित्र हत्या गर्ने , यसै लाइ उसको पेशा ब्यबसाय चलाउने हो भने पुनर विचार गर्नु पर्छ। ’ कमलपोखरी पुनः निर्माणको सन्दर्भ जोड्दै शाक्येले सम्पदा मास्यो भनेर बिरोध गर्नेहरु आफुसंग माफी माग्न आएको बताउनु भयो।


२०७२ सालको भूकम्पबाट क्षतिग्रस्त भएको सो महाविहारका १७ औ अवतारी गुरु कर्मापा थिन्ले थाय दोर्जेको १३ करोड ५२ लाखमा (गुम्बा) र स्वयम्भूका पुजारी बुद्धाचार्य परिवारका १७ वटा घरहरुको पुनर्निर्माण सम्पन्न भएको हो।


काठमाडौं क्षेत्र नम्बर ८ बाट प्रतिनिधिसभा सदस्य जीवनराम श्रेष्ठ, काठमाडौं महानगर प्रमुख विद्यासुन्दर शाक्य, उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठले आज सम्बन्धित घरधनीलाई घर हस्तान्तरण गरेका हुन्।

स्वयम्भू परिरसरमा सदियौंदेखि बसोबास गर्दै आएका बुद्धाचार्य पुजारी परिवारका १७ वटा घरलाई हाउस पुलिङ प्रणालीबाट एकै ठाउँमा ल्याई एउटै आकारमा पुरातत्व विभागको मापदण्ड अनुसार मौलिक सैलीमा निर्माण गरिएको छ । हाउस पुलिङका लागि ३० प्रतिशत जनसमुदाय र ७० प्रतिशत दाताको सहयोगमा निर्माण सम्पन्न भएको छ। महानगरका प्रवक्ता एवम् वडा १५ का अध्यक्ष इश्वरमान डंगोलको नेतृत्वमा गठन भएको पुनर्निर्माण समितिले पुरातत्व विभागको मापदण्ड अनुसार नै घरहरु निर्माण भएको जनाएको छ।

Loading...