खोटाङमा पुष्पलालको शालिक अनावरण

खोटाङ, ७ साउन । नेकपाका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको शालिक आज दिक्तेलस्थित भवनगैरामा अनावरण गरिएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को कार्यालय अगाडि स्थापना गरिएको शालिक स्वर्गीय नेता पुष्पलालको ४१ औँ स्मृति दिवसको अवसर पारेर अनावरण गरिएको हो । धातुद्वारा निर्मित संस्थापक नेता पुष्पलालको अर्धकद्को शालिक नेकपाका केन्द्रीय सदस्य एवं जिल्ला सह–इन्चार्ज समिता कार्की ‘अस्मिता’ले […]