सिराहा । सिराहामा गोली प्रहार गरी एक जना पुरूषको हत्या भएको छ। शुक्रबार दिउँसो साढे ३ बजेतिर सिराहा नगरपालिका-७ आफ्नै खेतबारीमा ४१ वर्षीय प्रेमनाथ यादवको हत्या भएको हो। उनीमाथि गोली प्रहार गरी हत्या भएको मधेस प्रदेश प्रहरी कार्यलयका एसपी कमल थापाले जानकारी दिए। घटनापछि जिल्ला प्रहरी कार्यालय सिराहाका एसपी बासुदेव पाठकको कमाण्डमा टोली खटिएको थियो। उक्त […]
Tag: siraha news
घुससहित मेयर रंगेहात पक्राउ
सिराहा । सिराहाको कल्याणपुर नगरपालिकाका मेयर रामपुकार साह तेली एक लाख रुपैयाँ घुससहित रंगेहात पक्राउ परेका छन्। बुधबार दिउँसो अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बर्दीबासस्थित कार्यालयबाट खटिएको टोलीले साहलाई नगरपालिका कार्यालयबाटै घुससहित नियन्त्रणमा लिएको हो। भुक्तानी प्रक्रिया अगाडि बढाउने क्रममा उपभोक्ता समितिबाट घुस माग्दै गरेको सूचनाको आधारमा निगरानीमा राखिएको र सोही क्रममा एक लाख रुपैयाँ लिँदै […]
निजी अस्पतालमा लुट, पाँच रुपियाँ पर्ने इन्जेक्सनको एक सय
मुकेश कुमार यादव, सिरहा । सिरहामा निजी अस्पताल र फार्मेसीहरूले सेवाग्राहीसंग अत्यधिक रकम लिई ब्रहमलुट मचाएको छ। जिल्लाको मिर्चैया स्थित मनकामना मिड इस्टर्न अस्पतालले सेवाग्राहीसंग पाँच रुपैयाँ पर्ने इन्जेक्सनको एकसय रुपैयाँ लिएको प्रमाण फेला परेको हो। मिर्चैया नगरपालिका ७ कटारी चौकस्थितको मनकामना मिड इस्टर्न अस्पताल भित्र रहेको विकास मेडिकल हलमा खरिद गरिएको औषधिहरुमा अत्याधिक रकम […]
एसईई शुरु भएको २० मिनेटमै बाहिरियो प्रश्नपत्र
मुकेश कुमार यादव, सिरहा । सिरहामा एसईई शुरु भएको २० मिनेट मै अंग्रेजी विषयको प्रश्न पत्र बाहिरिएको छ। माध्यमिक शिक्षा परीक्षा (एसईई)को पहिलो दिन नै सिरहामा अंग्रेजी विषयको प्रश्नपत्र आउट भएको हो । केन्द्राध्यक्ष र प्रहरी प्रशासनकै सेटिङमा मोवाईल प्रयोग गरी प्रश्नपत्र बाहिरिएको स्राेतले जनाएको छ। प्रश्नपत्र कुन परीक्षा केन्द्रबाट आउट भएको भन्ने खुल्न नसकेको […]
खाल्डोमा डुबेर नाबालकको मृत्यु
लहान, ९ साउन । अविरल वर्षासँगै पानी जमेको खाल्डोमा डुबेर सिरहाको गोलबजार नगरपालिका–२ तेतरियामा एक नाबालकको हिजो साँझ मृत्यु भएको छ । घर नजिककै पानी जमेको खाल्डोमा डुबेर स्थानीय सन्तोष साहको दुई वर्षीय छोरा अङ्कितकुमार साहको मृत्यु भएको हो । डुबेर गम्भीर घाइते भएका बालकलाई उपचारका लागि आरके मेडिसिटी धनगढी लगिएकोमा उपचारकै क्रममा मृत्यु भएको […]






