सिन्धुली । सिन्धुलीको घ्याङलेख गाउँपालिकास्थित नेपाल एसबीआई बैंकमा लुटपाट भएको छ। मंगलबार साँझ करिब ७ बजेको समयमा नकाबधारी लुटेरा समूहले बैंकमा लुटपाट मच्चाएका छन् । प्रारम्भिक जानकारी अनुसार लुटेरा समूहले बैंकका सुरक्षा गार्ड र कर्मचारीलाई नियन्त्रणमा लिएर बाँधेको तथा त्यसपछि रकम लुटेर फरार भएका छन् । लुटिएको रकमको यकिन विवरण भने अहिलेसम्म सार्वजनिक भएको छैन। […]
Tag: Sindhuli news
पर्यटकको गन्तब्य बन्दै ऐतिहासिक सिन्धुलीगढी(फोटो फिचर)
सिन्धुली । ऐतिहासिक तथा प्राकृतिक सुन्दरताले भरिपूर्ण सिन्धुलीगढीमा पछिल्लो समय पर्यटकको चहलपहल उल्लेख्य रूपमा बढ्दै गएको छ । राष्ट्रिय गौरवको आयोजना अन्तर्गत सिन्धुलीगढीको पुनर्निर्माण तथा युद्ध संग्रहालय निर्माण सम्पन्न भएसँगै यहाँ आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण बढेको हो । सदरमुकाम सिन्धुलीमाढी तथा खुर्कोट बजारबाट करिब २० किलोमिटरको दूरीमा अवस्थित सिन्धुलीगढीमा अहिले दैनिक दुई सयभन्दा बढी […]
सिन्धुली अस्पताल कागजरहीत, सचिव डा गौतमलाई भब्य सम्मान
सिन्धुली । बागमती प्रदेश सरकार मातहत सञ्चालित सिन्धुली अस्पताल कागजरहित हुने भएको छ । बिरामीको पूर्जा देखि सबै रिपोर्ट अब अनलाइन हुने भएको हो । बिहीवार प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले पेपरलेस प्रविधिको उद्घाटन गर्दै सिन्धुली अस्पतालमा कागजरहीत सेवा शुभारम्भ भएको घोषणा गरेका हुन् । कार्यक्रममा स्वास्थ्य मन्त्री किरण थापाले प्रदेश मातहतका १३ वटै अस्पताललाई […]
सुखसमृद्धिको लागि कार्कीहरुको कुलपूजा सम्पन्न
सिन्धुली । जिल्लाका विभिन्न क्षेत्रमा छरिएर रहेका मुडुलाकार्कीले परम्परागत रुपमा मनाउदै आएको कुलपूजा यसवर्ष पनि विधिपूर्वक सम्पन्न गरेका छन् । मुडुलाकार्कीहरुले हरेक वर्ष धान्य पूर्णिमा र यसको पंचमीका अवसरमा परम्परा अनुसार विधिविधान अनुसार कुलका धामी पुजारीको प्रवन्ध गरी कुलपुजा (देवाली) गर्ने प्रचलन रहेको छ । मुडुला कार्कीहरुले विगत देखि नै परम्परागत रुपमा मान्दै/मनाउदै आएको कुलपूजा […]
सिन्धुलीमा कजारियाको नयाँ शोरूम
सिन्धुली । प्रिमियम टाइल ब्रान्ड कजारियाले सिन्धुलीको आदर्शनगर–६ (पुरानो बुधबार हाट) मा नयाँ अत्याधुनिक शोरूम उद्घाटन गरेको छ। शाह आइरन एण्ड इलेक्ट्रोनिक स्टोर्सद्वारा सञ्चालित यो शोरूमले स्थानीय स्तरमा बढ्दो उच्च–गुणस्तरीय टाइलको माग पूरा गर्ने लक्ष्य राखेको छ। सञ्चालक करिराम शाह तथा कजारियाका कन्ट्री म्यानेजर अभ्यास तिवारीले रिबन काटेर शोरुम उद्घाटन गरे । डिलर शाहले कजारियासँगको […]
सिन्धुली निर्माण ब्यवसायी संघको अध्यक्षमा दाहाल बिजयी, कार्यसमितिमा उनकै प्यानलको बर्चस्व
सिन्धुली । सिन्धुली जिल्ला निर्माण व्यवसायी संघको ९औँ जिल्ला अधिवेशनबाट उद्धव दाहाल अध्यक्षमा निर्वाचित भएका छन्। दाहाल १ सय २९ मत प्राप्त गरी विजयी भएका हुन् भने उनका प्रतिद्वन्द्वी तुलसीराम श्रेष्ठले ८१ मतमै चित्त बुझाए । ४८ मतान्तरले दाहाल अध्यक्ष निर्वाचित भएका निर्वाचन अधिकृत नारायण बरालले बताएका हुन् । अघिल्लो अधिवेशनमा श्रेष्ठसंग पराजित भएका दाहालले […]
पर्यटकीय गन्तव्यस्थल फिक्कल (फोटो फिचर)
सिन्धुली । सिन्धुली जिल्लाको फिक्कल गाउँपालिका नै समृद्ध पर्यटकीय गन्तव्यको रूपमा तीब्र गतिले अघि बढिरहेको छ। विगतमा ओझेलमा परेका प्राकृतिक, सांस्कृतिक र भौगोलिक विशेषता बोकेका स्थानहरूलाई स्थानीय सरकारको पहलमा प्रवर्द्धन गरिएसँगै फिक्कलले आन्तरिक तथा बाह्य पर्यटकको ध्यान खिच्न सफल भएको हो । महाभारत श्रृङ्खलामा अवस्थित २,३८६ मिटर उचाइमा रहेको फिक्कल चुचुरो सिन्धुलीको सबैभन्दा अग्लो शिखर […]
कांग्रेसका प्रमुख सचेतक घिमिरेले मागे माफी
काठमाडौ । नेपाली कांग्रेसका प्रमुख सचेतक एवं सिन्धुली-१ का प्रतिनिधि सभा सदस्य श्याम कुमार घिमिरेले संसदमा माफी मागेका छन् । यौन व्यवसाय खुला गर्नुपर्ने भनेर दिएको अभिव्यक्ति आलोचित भएपछि उनले बुधबार संसदमा माफी मागेका हुन् । गत चैत ३ गते संसदमा विशेष समय लिएर बोल्दै उनले यौन व्यवसाय खुला गर्नुपर्ने माग गरेका थिए । पर्यटन […]
प्रेस चौतारी सिन्धुलीको अध्यक्षमा दाहाल
सिन्धुली । सत्तारूढ दल नेकपा(एमाले)निकट प्रेस चौतारी नेपालको सिन्धुली जिल्लामा नयाँ नेतृत्व निर्वाचित भएको छ । मंगलबार सम्पन्न आठौं जिल्ला अधिवेशनबाट नयाँ नेतृत्व निर्वाचित भएको हो । नयाँ कार्यसमितिको अध्यक्षमा विनय दाहाल निर्वाचित भएका चौतारीका नेता प्रेमकुमार दाहालले जानकारी दिए । उनले दिएको जानकारी अनुसार उपाध्यक्षमा उद्दव श्रेष्ठ र सुनिता विक निर्वाचित भएका छन् । […]
दुधौलीका नगर प्रमुखबिरुद्ध घोर पूर्वाग्रहसहित निकृष्ट दुस्प्रचार भएको भन्दै आपत्ति
सिन्धुलीको दुधाैली नगरपालिकाका प्रमुख दिनेश अधिकारीबारे भ्रामक हल्ला फैलाइएकाे भन्दै नगर प्रमुखको सचिवालयले खण्डन गरेको छ । केही सञ्चार माध्यम र सामाजिक सञ्जालमा नगर प्रमुख अधिकारी र प्रमुख प्रशासकीय अधिकृत बिच द्वन्द बढेका कारण नगरपालिका प्रमुख प्रशासकीय अधिकृत बिहिन बनेको लगायतका आरोप लगाइएको तथा त्यो तथ्यहिन र भ्रामक भएको सचिवालयको भनाइ छ । प्रेस विज्ञप्ति […]











