सिमकोट गाउँपालिकामा करीब पाँच हजार बेरोजगारको तथ्याङ्क

हुम्ला । सिमकोट गाउँपालिकामा मात्रै पछिल्लो तथ्याङ्क अनुसार करीब पाँच हजारको बेरोजार संख्या देखिएको छ । यसबाट विभिन्न सूचकहरूमा असर पार्ने देखिन्छ । केन्द्रदेखि स्थानीय तहसम्मका सरकारहरूले बेरोजागर हटाउनका लागि विभिन्न प्रकारका नीतिगत कार्यक्रमहरू ल्याए पनि दिनहुँ नेपालमा बेरोजागरीको समस्या विकराल बन्दै गएको छ । सिमकोट गापाले ४ हजार ७ सय ६५ जना युवाहरू बेरोजगार […]

दुई वर्षमा एयरलिफ्टबाट २९ जना सुत्केरीको उद्धार

हुम्ला । एयरलिफ्टबाट दुई वर्षमा हुम्लाका २९ जना सुत्केरी महिलाको उद्धार गरिएको छ । उनीहरूलाई जिल्लाभित्र र जिल्ला बाहिरका विभिन्न अस्पतालमा पु–्याएर यो सेवा उपलब्ध गराइएको हो । यो वर्षमात्र १८ जना गर्भवती महिलाको हेलिकप्टर मार्फत उद्धार गरिएको हो भने पोहोर ११ जना गर्भवती महिलाले यो सेवा पाएका छन् । हुम्लाका गाउँ गाउँमा सुत्केरी बेथाले […]

स्थानीय तहमा पनि रकमान्तर, रकमान्तरदेखि कामका उधारोसम्म गाउँपालिहरुको गोलमाल

हुम्ला । हुम्लाका सात गाउँपालिकाहरूमा विभिन्न प्रकारका विकासे काममा एक बजेट शिर्षकको रकम अर्कै योजनामा रकमान्तर गर्दा समस्या देखिएको छ । असार मसान्तसम्म वैधानिक रुपमा संघ, प्रदेश र स्थानीय तहमा आएको रकमलाई फिर्ता जानबाट रोक्नका लागि उक्त रकम झिकेर आफ्नो खातामा राखी अत्यावश्यक र आफ्नालाई रकम भुक्तानी दिएर स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत, लेखापाल, प्राविधिक […]

बिजुलीको तार काटेर गाईको दाम्लो, करोडौंको बिजुली अलपत्र

हुम्ला । दुई गाउँको किचलोले बिजुली नबल्दा हुम्लाको सदरमुकाम सिमकोटको छिमेकी गाविस ठेहे गाउँका गाउँलेहरुले बिजुलीको तार काटेर गाई बाँध्ने दाम्लो बनाएका छन् । यसबाट करोडौंको लघुविद्युत योजना अलपत्र परेको छ । करीब दुई करोड खर्च गरेर एक दशकभन्दा अघि बनाइएको सदरमुकाम सिमकोटका छिमेकी गाउँहरु बरगाउँ र ठेहेले संयुक्त रुपमा बनाएको टल्की बिजुली आयोजना लथालिङ्ग […]