अब सौराहाका भवन र रङ एकैप्रकारका हुने

चितवन, १३ भदौ । रत्ननगर नगरपालिकाले सौराहामा भवन निर्माण मापदण्ड लागू गरी भवन र त्यसमा लगाउने रङमा एकरुपता ल्याउने भएको छ । सौराहाको पर्यटन विकासका लागि नगरपालिकाले रचनात्मक कामको शुरुआत गरेको भन्दै व्यवसायीले त्यसको स्वागत गरेका छन् । सौराहाको प्राकृतिक सौन्दर्यतालाई जोगाउन नगरपालिकाले व्यवसायीसँग सहकार्य गरी भवन निर्माण र रङमा एकरुपता लयाउन लागेको हो । […]