सरकार तताउँदै प्रधानमन्त्री, सबै मन्त्रीहरुका कामबारे दैनिक रिपोर्टिङ्ग लिइने

मन्त्रीहरूले अब आफूले गरेको कामको दैनिक रूपमा ब्रिफिङ प्रधानमन्त्री समक्ष गर्नुपर्ने भएको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले मन्त्रीहरूले दैनिक रूपमा गरेको कामको ब्रिफिङ हरेक दिन बेलुका प्रधानमन्त्रीलाई गर्ने निर्णय गरेको हो । राष्ट्रियसभा अन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा बोल्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारले गरेको यस निर्णय बारेमा जानकारी दिएका हुन् […]

अनलाइन मिडिया नियन्त्रण गर्ने निर्णयबाट पछि हट्यो गृह मन्त्रालय

काठमाडौं, ९ चैत । पूर्व संचारकर्मी समेत रहेका उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने नेतृत्वमा आउनासाथ संचार जगतलाई अंकुश लगाउनेगरी गरिएको निर्देशन व्यापक आलोचना पछि सच्याइएको छ । अनलाइन समाचार पोर्टलमा प्रकाशित हुने समाचार सामाग्रीको अनुगमन र कारबाही गर्ने गरी जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयलाई दिएको निर्देशन सच्याइएको हो । गृह मन्त्रालयले चैत्र ६ मा […]

३ उपप्रधानसहित १६ नवनियुक्त मन्त्रीको शपथ ग्रहण, हेर्नुस् नयाँ मन्त्रीमण्डल

राष्ट्रपति रामचन्द्र पौडेलले ३ उपप्रधानमन्त्रीसहित १६ नवनियुक्त मन्त्रीलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले ३ उपप्रधानमन्त्रीसहित १६ नवनियुक्त मन्त्रीलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका छन् । संविधानको धारा ८० अनुसार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को सिफारिसमा राष्ट्रपति पौडेलले उनीहरुलाई आज राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित विशेष समारोहमा पद तथा गोपनीयताको […]