अबरोध हटाउन नसक्दा मार्तडी–कोल्टी सडक अझै खुलेन

मार्तडी, ८ साउन । बाजुरा जिल्लाको पूर्वी उत्तरी भेग जोड्ने मार्तडी–कोल्टी सडक अविरल वर्षाका कारण अवरुद्ध भएको दुई साता बित्दा पनि खुलेको छैन । लगातारको वर्षाका कारण उक्त सडकसहित विभिन्न ग्रामीण सडक अवरुद्ध बनेका छन् । मार्तडीबाट कोल्टीसम्म दैनिकरूपमा सञ्चालन हँुदै आएका सवारीसाधन ठप्प भएका छन् । मार्तडी–कोल्टी सडक अवरुद्ध बनेपछि उत्तरी भेगका स्थानीयवासी पैदलयात्रा […]