प्रेस काउन्सिललाई पत्रकार महासंघ उपत्यका प्रदेशको ध्यानाकर्षण पत्र

काठमाडौ । नेपाल पत्रकार महासंघ उपत्यका प्रदेश समितिले प्रेस काउन्सिल नेपाललाई ध्यानाकर्षण पत्र बुझाएको छ । प्रदेश अध्यक्ष टेनिस रोकाको नेतृत्वमा महासचिव आशिष गुरागाई र कोषाध्यक्ष संजीप घिमिरे शुभचिन्तक सम्मिलित प्रतिनिधि मण्डलले शुक्रबार ध्यानाकर्षण पत्र बुझाएको हो । प्रतिनिधि मण्डलले काउन्सिल अध्यक्ष बालकृष्ण बस्नेतलाई उनकै कार्यकक्षमा पुगेर ज्ञापन पत्र बुझाएको महासचिव आशिष गुरागाईले जानकारी गराए […]

अमला काण्ड भन्दै भाइरल गराउने ३८ युट्युबलाई कार्वाही

काठमाडौ । झापाको शिवसताक्षी नगरपालिकामा घटेको एक घटनालाई ‘अमला काण्ड’ नाम दिइ भाइरल गराउने युट्युब च्यानल कार्वाहीमा परेका छन् । पीडित युवती, आरोपित जेष्ठ नागरिक, शिशु, पीडित परिवारका भिडियो/तस्बिरहरूसमेत राखी सम्प्रेषण गर्ने ३८ युट्युब च्यानललाई प्रेस काउन्सिल नेपालले कारबाही गरेको हो । घटनालाई अतिरञ्जित गराइ पीडित परिवारलाई अमर्यादित प्रश्नहरू सोध्ने, संवेदनहीन बहसलाई प्राथमिकता दिइ भ्युअर […]

सामाजिक सञ्जाल विश्वसनीय बनाउन विशेष अपिल

प्रेस काउन्सिल नेपालले आमसञ्चार माध्यम र सञ्चार माध्यमसँग सम्बद्ध भएका र नभएका सामाजिक सञ्जाल विशेषगरी युट्युब च्यानल तथा फेसबुक पेजबाट सम्प्रेषित सामग्रीलाई तथ्यपूर्ण र विश्वसनीय बनाउन विशेष अपिल जारी गरेको छ । नियामक निकाय काउन्सिलले विभिन्न पेजसहित सामाजिक सञ्जालमा सञ्चालकको नाम, ठेगाना प्रष्ट हुनुपर्ने सहित तथ्यपूर्ण समाचारको लागि मङ्गलबार विशेष अपिल जारी गरको हो । […]