प्रेस सेन्टरले टुंगो लगायो पुरस्कृत हुने पत्रकारको नाम

काठमाडौं । पाँचौँ महाधिवेशनको पूर्व सन्ध्यामा प्रेस सेन्टर नेपालले पुरस्कार प्राप्त गर्ने आफ्ना पत्रकारको नाम टुङ्गो लगाएको छ । प्रेस  सेन्टरले स्थापना गरेको शहीद कृष्ण सेन इच्छुक स्मृति पत्रकारिता पुरस्कार यस् वर्ष कोमल बराललाई प्रदान गरिने निर्णय गरिएको महासचिव सन्तोष पौडेलले बताएका छन् । त्यसैगरी शक्ति तारा स्मृति पत्रकारिता पुरस्कार धर्मेन्द्र कर्णलाई दिने र बेपत्ता […]

प्रेस सेन्टर नेपाल कर्णाली प्रदेशमा शर्माको नेतृत्वमा नयाँ कार्यसमिति

सुर्खेत । प्रेस सेन्टर नेपाल कर्णाली प्रदेशको तेस्रो अधिवेशनले प्रतीक इच्छुक शर्माको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको छ। नव-निर्वाचित कार्यसमितिको उपाध्यक्षमा धर्मराज जि.सी, उपेन्द्र प्रसाद न्यौपाने र तुलसा रोका छन् । महासचिवमा असोक कुमार सिंह, तथा सचिवमा तिलकराज वली, नरजङ्ग तामाङ, जुना कुमारी रावत, प्रिमा कुमारी विश्वकर्मा (प्रेरणा) र तुलाराज चौलागाईं (आकाश) चयन […]

प्रेस सेन्टर काभ्रेमा ढकालको नेतृत्वमा नयाँ कार्यसमिति

काभ्रे । प्रेस सेन्टर नेपालको काभ्रेपलाञ्चोक जिल्ला शाखामा नयाँ नेतृत्व चयन भएको छ । बनेपामा सम्पन्न पाँचौं अधिवेशनबाट रामप्रसाद ढकालको नेतृत्वमा ११ सदस्यीय कार्यसमिति निर्वाचित भएको हो । कार्यसमितिको उपाध्यक्षमा सुरज श्रेष्ठ र महिला उपाध्यक्षमा मायालु लामा रहेका छन् । सचिवमा चित्रप्रसाद घिमिरे (हरिहर), सह सचिवमा प्रशान्त बन्जारा र समावेसी सहसचिवमा बिजय जिम्बा रहेका छन् […]

पत्रकार रोकालाई गोविन्द शर्मा स्मृति पत्रकारिता पुरस्कार

काठमाडौं २६ पुस । प्रेस सेन्टर नेपाल, काठमाडौं शाखाले स्थापना गरेको गोविन्द शर्मा स्मृति पत्रकारिता पुरस्कार–२०८१ बाट पत्रकार टेक बहादुर रोका (टेनिस) पुरस्कृत भएका छन् । प्रेस सेन्टर नेपाल काठमाडौं शाखाको तत्कालिन अध्यक्ष रहेका शर्माको २०७६ सालमा सडक दुर्घटनामा परी निधन भएको थियो । उनको नाममा काठमाडौं शाखाले पुरस्कार स्थापना गरी अधिवेशनमा पत्रकारिता क्षेत्रमा सक्रिय […]

पत्रकारद्वय दाहाल र पोखरेल पुरस्कृत

पत्रकारद्वय नवराज दाहाल र जनार्दन पोखरेल पुरस्कृत भएका छन् । प्रेस सेन्टर नेपाल जिल्ला समन्वय समिति ललितपुरले स्थापना गरेको छुट्टाछुट्टै पत्रकारिता पुरस्कारबाट उनीहरू पुरस्कृत भएका हुन् । बिहीबार पाँचौँ जिल्ला अधिवेशनको अवसर पारेर दाहाललाई ‘कृष्ण सेन इच्छुक पत्रकारिता पुरस्कार- २०८०’ प्रदान गरिएको छ भने पोखरेलले ‘मिलन नेपाली साहसिक पत्रकारिता पुरस्कार-२०८०’ पाएका छन्। पुरस्कृत हुने दाहाल […]

भक्तपुरका पत्रकार खड्कालाई प्रेस स्वतन्त्रता सेनानी सम्मान

बाबुराम दाहाल, भक्तपुर । नेपाल पत्रकार महासंघ जिल्ला शाखा भक्तपुरका संस्थापक अध्यक्ष एवं धरहरा टाइम्स साप्ताहिकका सम्पादक रमेश खड्का ‘प्रेस स्वतन्त्रता सेनानी’ सम्मानबाट सम्मानित भएका छन् । नेपाल पत्रकार महासंघले २७ औं महाधिवेशनका अवसरमा उनलाई सम्मान गरेको छ । शुक्रवार राष्ट्रिय सभा गृहमा सम्पन्न महासंघको महाधिवेशनमा प्रमुख अतिथि रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पत्रकार खड्कालाई […]

जनप्रतिनिधि र प्रेस सेन्टरबीच अन्तरक्रिया

ललितपुर । ललितपुरमा पत्रकार र जनप्रतिनिधि बीच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । ‘जनप्रतिनिधिसंग प्रेस सेन्टर’ विषयक उक्त कार्यक्रममा माओवादी केन्द्र निकट जनप्रतिनिधि र पत्रकारबीच शनिबार अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो । उक्त अवसरमा कार्यक्रमको उद्देश्य अनुसार प्रेस र जनप्रतिनिधि विषयक दुई कार्यपत्र प्रस्तुत गरिएको प्रेस सेन्टर ललितपुरका अध्यक्ष रामहरि कार्कीले जनाएका छन् । कार्यक्रमका […]

अब बजेटबाटै क्रान्ति गरिने प्रधानमन्त्रीको उद्घोष, जनताले राहत पाउने जिकिर

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आगामी आर्थिक वर्षको बजेटले सामाजिक न्यायलाई सम्बोधन गर्दै समाजवादी धार समात्ने सार्वजनिक गरेका छन् । शिक्षा, स्वास्थ्य, आवास, रोजगारी र उत्पादन लगायतका हरेक क्षेत्रमा सामाजिक न्यायको जनताले महसुस गर्नेगरी बजेट केन्द्रित हुने उनले सार्वजनिक गरेका हुन् । वीरगञ्जमा आयोजित प्रेस सेन्टर नेपालकोे २० औं स्थापना दिवस तथा राष्ट्रिय परिषद्को बैठकलाई […]

भूकम्प पीडित पत्रकारलाई प्रेस सेन्टर ललितपुरको न्यानाे ज्याकेट

ललितपुर । प्रेस सेन्टर ललितपुरले भूकम्प पीडित पत्रकारहरुलाई न्यानाे ज्याकेट उपलब्ध गराउने भएको छ । भूकम्पबाट पालमुनि बास बस्न बाध्य पत्रकारलाई चिसो बाट बचाउन प्रेस सेन्टर ललितपुरले न्यानाे ज्याकेट उपलब्ध गराउने भएको हो । प्रेस सेन्टर ललितपुर शाखाको बैठकले जाजरकोट र रुकुम पश्चिमका भूकम्प पीडित पत्रकारहरुलाई तीन लाख रुपैयाँ बराबरको १ सय थान ज्याकेट उपलब्ध […]