भक्तपुर भ्रष्टाचारमुक्त : बिजुक्छें

bijukchhen

भक्तपुर । नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का अध्यक्ष वरिष्ठ बामपन्थी नेता नारायणमान बिजुक्छें रोहितले भक्तपुर नगरपालिका देशकै एकमात्र भ्रष्टाचारमुक्त पालिका भएको दावी गरेका छन् । सोमबार भक्तपुरको चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष विजुक्छेंले भने, ”नेमकिपाको नेतृत्व भएकोले भक्तपुर नगरपालिकामा एकपैसा पनि घुसको लेनदेन हुँंदैन ।” आफ्नो पार्टीको नेतृत्व निर्वाचित भएकोले भक्तपुरमा भ्रष्टाचार नभएको उनको भनाइ […]

सशक्त प्रतिपक्षको भूमिका निर्वाह गरिरहने नेमकिपाको प्रतिबद्धता

काठमाडौँ । नेपाल मजदुर किसान पार्टी (नेमकिपा) ले प्रतिनिधिसभा निर्वाचन २०८२ का लागि आफ्नो घोषणापत्र सार्वजनिक गरेको छ । काठमाडौँमा आइतबार आयोजित कार्यक्रममा पार्टी अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले घोषणापत्र सार्वजनिक गर्दै समाजवादी विचारलाई जनतामाझ पुर्याउने अभियानलाई ब्यापक बनाउने बताए। निर्वाचन सत्तामा पुग्ने भर्याङ मात्र नभई जनतालाई राजनीतिक र सैद्धान्तिक रूपमा सचेत बनाउने अवसर पनि […]

पत्रकार बन्दा पिटाइ खानुपर्यो : बिजुक्छें

narayanman bijukchhe

भक्तपुर । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष एवं वरिष्ठ बामपन्थी नेता नारायणमान बिजुक्छें ‘रोहित’ले आफूले पत्रकारिता गर्दा प्रहरीको पिटाइ खानु परेको स्मरण गरेका छन् ।  रफत सञ्चार क्लबको १६औँ वार्षिकोत्सव कार्यक्रमलाई शुक्रबार उद्घाटन गर्दै अध्यक्ष बिजुक्छेंले आफू पत्रकारिता क्षेत्रमा सक्रिय रहँदा राजनीतिक दलका गतिविधि रिपोर्टिङ गर्ने क्रममा तत्कालीन सत्ताका संरक्षक प्रहरीको लाठीप्रहार समेत सहनु परेको […]

अमेरिकी आक्रमणको बिरोध गर्दै मादुरो दम्पतीलाई सकुशल फिर्ता गर्न नेमकिपाको माग

भक्तपुर । नेपाल मजदुर किसान पार्टी (नेमकिपा) ले दक्षिण अमेरिकी देश भेनेजुएलामाथि अमेरिकाले गरेको सैन्य आक्रमणको कडा विरोध र भर्त्सना गरेको छ। पार्टीको केन्द्रीय परिषद बैठकले सो सैन्य आक्रमणको बिरोध गर्दै राष्ट्रपति मादुरो र उनकी पत्नीलाई सकुशल फिर्ता गर्न माग गरेको पार्टी सचिव प्रेम सुवालले वक्तब्यमार्फत बताएका छन् । सचिव सुवालद्वारा जारी प्रेस वक्तव्यमा अमेरिकाले […]

इतिहासमै पहिलो पटक नवदुर्गा दर्शनमा राष्ट्र प्रमुखको सट्टा कर्मचारी सरिक

भक्तपुर । इतिहासमै पहिलो पटक यस वर्षको कोजाग्रत पूर्णिमाको दिन भक्तपुर-९ स्थित नवदुर्गा मन्दिरमा राष्ट्र प्रमुख आएनन् । प्रत्येक दशैको कोज्राग्रत पूर्णिमामा राष्ट्र प्रमुख सवारी हुने प्रचलन यो वर्ष टुटेको हो । राष्ट्रपति रामचन्द्र पौडेल मंगलबार नवदुर्गा दर्शनका लागि आउने बिश्वाससहित नवदुर्गा मन्दिर व्यवस्थापन समितिले तयारी अघि बढाएको थियो । तर, अन्तिम समयमा उनी अनुपस्थित […]

आन्दोलनको बहानामा पाँच तले मन्दिर ध्वस्त पार्ने षडयन्त्र थियो : विजुक्छें

भक्तपुर । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष एवम् वरिष्ठ राजनीतिज्ञ नारायणमान बिजुक्छेँ (रोहित) ले जेनजी आन्दोलनको बहानामा पाँंचतल्ले मन्दिर (ङातापोल)लाई ध्वस्त पार्ने षडयन्त्र गरिएको खुलासा गरे । गुन्हीपुन्ही सापारु अर्थात् गाइजात्रा- २०८२ मा प्रदर्शन गरिएका घिन्ताङघिसी, माक प्याखँ तथा परम्परागत एवम् आधुनिक सांस्कृतिक विधाका विजयी सांस्कृतिक समूहहरुलाई पुरस्कार वितरण एवम् सांस्कृतिक गुरुहरूको सम्मान कार्यक्रमलाई बिहीबार […]

सल्लाघारीको चौर ज्ञानेन्द्रले आधा खान खोजेका नेमकिपा अध्यक्ष बिजुक्छेँको खुलासा

नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ रोहितले राजतन्त्र फर्कने सम्भावना नरहेको बताएका छन् । बच्चाबेलाको लुगा लगाउन नमिले जस्तै फालि सकेको राजतन्त्र फर्कन नसक्ने उनको भनाइ छ । भक्तपुरको ब्यासीस्थित बासु माध्यमिक विद्यालयको वार्षिकोत्सव एवं साँस्कृतिक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष बिजुक्छेँले राजतन्त्रले धनी र सामन्ती वर्गको मात्र हित गर्ने भएकोले श्रमजीवी मजदुर र किसान […]

बढ्यो नेमकिपाको केन्द्रीय समिति, बिजुक्छें आठौं महाधिवेशनबाट पनि अविछिन्न अध्यक्ष

भक्तपुर । नेपाल मजदुर किसान पार्टीको आठौं महाधिवेशनले पनि अध्यक्षमा नारायणमान विजुक्छें ‘रोहित’ लाई नै निरन्तरता दिएको छ । भक्तपुरमा सम्पन्न आठौं अधिवेशनमा उनी पुनः सर्वसम्मतरुपले अध्यक्ष निर्वाचित भएका छन् । बि.सं. २०३१ सालमा बिजुक्छेंको नेतृत्वमा स्थापना भएको यो पार्टीमा आज सम्म आइपुग्दा पनि उनको बिरासत बोक्ने अर्को बिकल्प नभेटिएको हो । आठौं महाधिवेशनको बन्द […]

आदर निकेतन सेवा छिटै सञ्चालन हुने बिजुक्छेँको विश्वास

भक्तपुर नगरपालिकाले १० वटै वडाका १०–१० जना ज्येष्ठ नागरिकहरुलाई सम्मान गरेको छ । अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसर पारेर नगरपालिकाले ज्येष्ठ नागरिकहरुलाई सम्मान गरेको हो । उक्त कार्यक्रमका प्रमुख अतिथि नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित)ले ज्येष्ठ नागरिकहरुलाई फूलमाला र दोसल्ला ओढाइ सम्मान गरे । कार्यक्रममा बोल्दै अध्यक्ष बिजुक्छेँले ज्येष्ठ नागरिकहरु सामाजका सम्पति […]