खोटाङ । राष्ट्रिय स्वतन्त्र पार्टी, खोटेहाङ गाउँ पार्टी सभापति प्रदिप आचार्यको नेतृत्वमा पालिका समिति नेकपा (माओवादी केन्द्र) मा समायोजन भएको छ । त्यसैगरी, नेकपा एमाले गाउँ पार्टी सचिवालय सदस्य प्रकाश कटुवाल र वडा नं ४ मा नेकपा एमालेबाट निर्वाचित वडा सदस्य किरण चाम्लिङ्ग राई लगायत ३ दर्जन बढी नेता कार्यकर्ता माओवादी केन्द्रमा समाहित भएका छन् […]
Tag: khotang
यौन शिक्षा दिएको दावी गर्ने मदन राईलाई जेल
बालयौन दुरुपयोगको मुद्दामा मदन राईलाई अदालतले साढे २ वर्ष कैद तोकेको छ। खोटाङका जिल्ला न्यायाधीश नारायणप्रसाद दाहालको इजलासले गत बिहीबार राईलाई दोषी ठहर गर्दै सजाय निर्धारणका लागि आज शुक्रबार पेशी तोकेको थियो। शुक्रबार उनलाई साढे २ वर्ष कैदको फैसला सुनाएको हो। यस्तै एक लाख रुपैयाँ जरिवाना र डेढ लाख रुपैयाँ पीडितलाई क्षतिपूर्ति भराउन पनि फैसलामा […]
अखिल(क्रान्तिकारी)का महासचिव उम्मेदवार प्रतिक, जसको बुबाआमा नै जनयुद्धमा शहीद बने
खोटाङ, १० माघ २०८१ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को भातृ सङ्गठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी)को केन्द्रीय महासचिवमा खोटाङका प्रतिक कार्कीले उम्मेदवारी दर्ता गरेका छन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–९ निर्मलीडाँडाका प्रतिकले अखिल क्रान्तिकारीको यही माघ–१२ गते देशभर एकैसाथ हुने राष्ट्रिय निर्वाचनका लागि महासचिव पदमा उम्मेदवारी दिएका हुन् । बुबा शहीद दिलकाजी […]
खोला तर्नेक्रममा बाढीले बगाउँदा एकको मृत्यु
खोटाङ, १२ असोज । बाढीले बगाएर बराहपोखरी गाउँपालिका–६ मौवाबोटेका ५६ वर्षीय दलबहादुर विश्वकर्माको मृत्यु भएको छ । केही दिनदेखि लगातार परेको वर्षापछि स्थानीय दुक्चेङ्वा खोलामा शनिबार आएको बाढीले बगाउँदा विश्वकर्माको मृत्यु भएको हो । खोला तर्नेक्रममा दिउँसो बाढीले बगाएको विश्वकर्मालाई करीब १०० मिटर तल रुखमा अड्किएको अवस्थामा फेला पारिएको स्थानीयवासीले बताएका छन् । घटनाका बारेमा […]
दिक्तेल–खानीडाँडा सडक कालोपत्रे ४५ प्रतिशत मात्रै बन्यो
खोटाङ, २५ भदौ । कालोपत्रको काम थालिएको दिक्तेल–खानीडाँडा सडकको काम ४५ प्रतिशतभन्दा बढी सम्पन्न भएको ठेकेदार कम्पनीले जनाएको छ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको २१ करोड एक लाख ८८ हजार लगानीमा सो सडक कालोपत्रको काम थालिएको हो । करीब ११ किलोमिटर लम्बाइ रहेको सो सडकमा स्ट्रक्चरको काम सम्पन्न गरेर अहिले ग्राबेलको काम शुरु गरिएको निर्माण कम्पनी […]
नगर प्रमुखको विरोधमा उत्रेका दुई वडाध्यक्षसहित सबै रिहा
खोटाङ, ९ साउन । हलेसी तुवाचुङ नगरपालिकाका नगरप्रमुखविरुद्ध आन्दोलन घोषणा गरेर चक्कजाम गर्ने दुई वडाध्यक्षसहित छ जनालाई प्रहरीले दश घण्टापछि छाडेको छ । नगरप्रमुख इवन राईको विरोधमा उत्रिएका उनीहरुलाई प्रहरीले बुधबार बिहान चक्काजाम गराउने क्रममा दुर्छिमबाट पक्राउ गरेर नियन्त्रणमा लिएको थियो । पक्राउ परेका दुई वडाध्यक्षसहित सबैलाई अपराह्न ४ बजे नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०का नगर […]
नगरप्रमुखविरुद्ध चक्काजाममा उत्रिएका दुई वडाध्यक्षसहित छ पक्राउ
खोटाङ, ८ साउन । हलेसी तुवाचुङ नगरपालिकाका प्रमुख इवन राईविरुद्ध चक्काजाममा उत्रिएका दुई वडाध्यक्षसहित छ जनालाई प्रहरीले पक्राउ गरेको छ । गत असार ३१ गते आयोजित नगरसभाप्रति असन्तुष्टि जनाउँदै चरणबद्ध आन्दोलनमा उत्रिएका उनीहरुले आज बिहान आयोजना गरेको चक्काजाम गर्न खोजेका थिए । चक्काजाममा सहभागी वडा नं ५ दुर्छिमका वडाध्यक्ष रमेश तिवारी, वडा नं ७ महादेवस्थानका […]
खोटाङमा पुष्पलालको शालिक अनावरण
खोटाङ, ७ साउन । नेकपाका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको शालिक आज दिक्तेलस्थित भवनगैरामा अनावरण गरिएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को कार्यालय अगाडि स्थापना गरिएको शालिक स्वर्गीय नेता पुष्पलालको ४१ औँ स्मृति दिवसको अवसर पारेर अनावरण गरिएको हो । धातुद्वारा निर्मित संस्थापक नेता पुष्पलालको अर्धकद्को शालिक नेकपाका केन्द्रीय सदस्य एवं जिल्ला सह–इन्चार्ज समिता कार्की ‘अस्मिता’ले […]