फेसबुकबाट बालिकासंग साथी बनी साइबर अपराध गर्ने युवक समातिए

काठमाडौं । सामाजिक सञ्जालमार्फत नाबालिकाको चरित्र हत्या गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन्। नक्कली (फेक) फेसबुक प्रयोग गरी नाबालिकासँग मित्रता गाँसी विभिन्न प्रलोभन, दबाब र प्रभावमा पार्दै नग्न तस्बिर तथा भिडियो माग गर्ने र ती सामग्री राखी अश्लील गतिविधि गराउन लगाएको उजुरीपछि प्रहरीले अनुसन्धान थालेको थियो। पीडित नाबालिकाले पछि ती तस्बिर तथा भिडियो आफ्नो […]

बाहिरबाट ताल्चा लगाइएको कोठामा युवती मृत फेला

कैलाली । धनगढी उपमहानगरपालिका–२ बैयाबेहडीस्थित डेरामा बस्दै आएकी एक युवती सोमबार बिहान मृत अवस्थामा फेला परेकी छन्। कञ्चनपुरको पुनर्वास नगरपालिका–११ अमरबस्तीस्थायी ठेगानाकी ३० वर्षीया रेणु चौधरी आफ्नै कोठामा बाहिरबाट ताल्चा लगाइएको अवस्थामा मृत भेटिएकी हुन्। जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार चौधरी अविवाहित थिइन्। घटना शङ्कास्पद् देखिएकाले अनुसन्धानका लागि घटनास्थल सिल गरिएको डीएसपी राजकुमार सिंहले जानकारी […]

फेसबुकबाट नजिक, होटल पुगेपछि ‘हनिट्र्याप’

काठमाडौं । होटलमा बोलाएर गोप्य तस्बिर र भिडियो खिच्ने अनि त्यसैलाई हतियार बनाएर लाखौं रुपैयाँ असुल्ने योजनामा संलग्न दुई युवतीलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले  प्रहरीले पक्राउ गरेको छ। सामाजिक सञ्जाल फेसबुकबाट सुरू भएको सामान्य चिनजान अन्ततः ब्ल्याकमेलको हतियार बनेको प्रहरी अनुसन्धानले देखाएको छ। कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक काजीकुमार आचार्यका अनुसार पक्राउ पर्नेमा कैलाली गोदावरी […]

प्रहरी इन्चार्ज कठायतमाथि कुटपिट

कैलाली । कैलालीको चौमाला प्रहरीका प्रमुखमाथि कुटपिट भएको छ। बिहिवार इलाका प्रहरी कार्यालय, चौमालाका इन्चार्ज वरिष्ठ सइ नेत्रबहादुर कठायतमाथि कुटपिट भएको हो। चोरीको स्कुटरको विषयमा स्थानीय युवा र प्रहरी बिचमा विवाद भएको थियो। चोरीको स्कुटर भगाएको भन्दै प्रहरी इन्चार्ज कठायतलाई स्थानीय युवाहरूको समूहले एक पसल अगाडी कुटपिट गरेका हुन्। तर, जिल्ला प्रहरी कार्यालय, कैलालीका प्रमुख […]