वासिङ्टनडीसी । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) केन्द्रीय कार्यसमितिले विभिन्न पदाधिकारीहरूको मनोनयन गरेको छ । अध्यक्ष सर्वज्ञ वाग्लेको अध्यक्षतामा बसेको केन्द्रीय कार्य समितिको नियमित चौथो बैठकले सर्वसम्मत रूपमा सो निर्णय गरेको हो । बीओटी सभापति पदम विश्वकर्माको समेत उपस्थितिमा बसेको उक्त बैठकबाट अनेसास केन्द्रीय कार्य समितिमा अमेरिकाको न्युयोर्कबाट शकुन ज्ञवाली र कतारबाट मणि पौडेल मनोनित भएका […]