चिप्लेढुङ्गा, ८ साउन । सामाजिक, सांस्कृतिक एवं धार्मिक महत्व बोकेको हरितालिका तीज पर्व सुसभ्य तरिकाले मनाउने वातावरणका लागि नारी जागरण अभियान कास्कीले प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएको छ । तीज आउनु महीना दिन अगाडिदेखिनै सामाजिकरूपमा देखिने भड्किलो गतिविधिले तीजको मौलिकता हराउँदै गएको भन्दै प्रमुख जिल्ला अधिकारी चत्रबहादुर बुढासमक्ष ज्ञापनपत्र बुझाएको अभियानका संयोजक अञ्जु केसीेले जानकारी […]


