सरुवा रोगबाट बच्न माओवादी एमालेसंग नमिल्ने, जेठ २० बाट उपत्यका जागरण अभियान सुरु गर्ने

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कीर्तिपुर क्षेत्र सधैं परिवर्तनको पक्षमा उभिँदै आएको बताएका छन्। माओवादी केन्द्र कीर्तिपुर नगर समितिद्वारा आयोजित पिकनिक तथा प्रशिक्षण कार्यक्रममा बोल्दै उनले कीर्तिपुरले आफूलाई गणतन्त्र नेपालको पहिलो निर्वाचित प्रधानमन्त्री बनाएको उल्लेख गरेका हुन् । उनले भने, “कीर्तिपुर नजितेसम्म न त चित्त बुझ्छ, न त मनमा शान्ति हुन्छ। […]

काँग्रेसमाथि माओवादी नेताहरुले उठाए प्रश्न, राष्ट्रिय सभा अध्यक्ष आफ्नो पार्टीले पाउनुपर्ने अडान

sthayi samiti baithak

सत्तारुढ दल नेकपा (माओवादी केन्द्र)ले राष्ट्रिय सभा अध्यक्ष आफ्नो पार्टीले नै पाउनु पर्ने अडान अघि सारेको छ । माओवादीले राष्ट्रिय सभाको सवैभन्दा ठुलो दलको हैसियतले अध्यक्ष पाउनुपर्ने अडान अघि सारेको हो । मंगलबार बसेको स्थायी समिति बैठकमा बोल्दै नेताहरुले राष्ट्रिय सभा अध्यक्ष बटमलाइन हुनुपर्नेमा जोड दिएका हुन् । गठबन्धनको सहमति अनुसार प्रधानमन्त्री पद छोड्नैपर्छ, त्यसपछि […]