चाँगुनारायणका प्रहरी चौकीहरुलाई वर्षादी र बुट हस्तान्तरण

भक्तपुर । चाँगुनारायण नगरपालिकाले नगर क्षेत्र भित्रका प्रहरी चौकीहरुलाई मनसुनजन्य सुरक्षा सामग्रीहरु वर्षादी र बुट प्रदान गरेको छ । विपद्को अवस्थामा तत्काल प्रतिकार्यको लागि खटिने नेपाल प्रहरीका दुवाकोट, चाँगु, ब्यासी, खरीपाटी, नगरकोट, सुडाल, झाप्रो र ताथलीका प्रहरी चौकीहरुलाई उक्त सामग्रीहरु दिइएको नगरपालिकाको विपद ब्यवस्थापन सहजकर्ता दिनेश थापाले जानकारी दिए । चाँगुनारायण नगरपालिकामा नगर प्रमुख जीबन […]

चाँगुनारायण सिटी, एभोकाडो सिटी अभियान’ अन्तर्गत तेस्रो वर्षको वृक्षारोपण शुरु

भक्तपुर । भक्तपुरको चाँगुनारायण नगरपालिकामा संचालित ‘चाँगुनारायण सिटी, एभोकाडो सिटी अभियान’ अन्तर्गत तेस्रो चरणको वृक्षारोपण शुरु भएको छ । चाँगुनारायण-८ चरेलीमा एभोकाडोको बिरुवा वितरण गर्दै तेस्रो वर्षको वृक्षरोपण शुरु भएको हो । सो अवसरमा चाँगुनारायण-८ का वडाध्यक्ष जनक खत्रीले एभोकाडो जस्तो बहुगुणी फलको शहर बनाउने बौद्धिक नेता डिपी ढकालको परिकल्पना साकार बन्दै गइरहेको बताए । […]

गोल्डेन सुनगाभामा विद्यालयस्तरीय निर्वाचन सम्पन्न : हेड बोय देखि बाल सांसदसम्म चयन

भक्तपुर । भक्तपुरको चाँगुनारायण -२ दुवाकोटस्थित गोल्डेन सुनगाभा इङ्लिस् बोडिङ स्कूलले मतदानमार्फत विद्यार्थी प्रतिनिधि निर्वाचित गरेको छ । विद्यार्थीलाई निर्वाचन प्रक्रियाबारे जानकारी दिनुकासाथै प्रतिनिधि छनौटको अभ्यासमा समेत सामेल गराउँदै मंगलबार निर्वाचन सम्पन्न भएको हो । मतदानमा विद्यालयका कक्षा ३ देखि १० सम्म अध्ययनरत ५ सय ४५ मतदाता रहेका थिए । मंगलबार विद्यालय प्रांगणमा सम्पन्न मतदानमा […]

माओवादी केन्द्रको चाँगुनारायण अध्यक्षमा दोहोरिए खड्का, ५५ सदस्यीय नगर समिति निर्विरोध

भक्तपुर । नेकपा (माओवादी केन्द्र) चाँगुनारायण नगर समितिको दोस्रो सम्मेलनले नयाँ नेतृत्व निर्वाचित गरेको छ । शनिबार सम्पन्न दोश्रो अधिवेशनबाट पनि अध्यक्षमा नरेश खड्का दोहोरिएका छन् । नरेश खड्काको अध्यक्षतामा ५५ सदस्यीय नयाँ चाँगुनारायण नगर समिति निर्वाचित भएको निर्वाचन समितिका संयोजक एवं संविधान सभा सदस्य सत्यलाल मूलले जानकारी गराए । निर्वाचन समितिका संयोजक मूलले दिएको […]

भक्तपुरको ताथलीमा तीन सवारीसाधन दुर्घटना, एकजनाको निधन

भक्तपुर । भक्तपुरको चाँगुनारायण- ९ ताथलीमा सवारी दुर्घटना हुँदा एकजनाको ज्यान गएको छ । बिहीबार बिहान करिब १० बजेको समयमा च्यामासिंहबाट नाला तर्फ जाँदै गरेको बा. ९१ प. ८४१२ नं. मोटरसाइकलले विपरित दिशाबाट आँउदै गरेको प्रदेश ३-०२-०१४ प. ५०४३ नं. को स्कुटरलाई ठक्कर दिदाँ स्कुटर चालकको ज्यान गएको हो । ज्यान गुमाउने स्कुटर चालक चाँगुनारायण […]

साथीको घरमा सुतेका युवक मृत फेला

भक्तपुरको चाँगुनारायण– ४ मा एक युवक मृत फेला परेका छन् । १९ वर्षीय निरोज लामा आफ्नै साथीको घरमा मृत फेला परेका हुन् । २१ वर्षीय साथी बादल तामाङको घरमा सुतेका निरोज मंगलबार दिउँसो मृत फेला परेका थिए । निरोज मदिरा खाएर सुतेका र अबेर सम्म नउठेपछि हेर्दा मृत फेला परेका एक स्थानीयले जानकारी गराए । […]

जिसस प्रमुखको गुनासो : सामाजिक क्षेत्रमा काम गरौं भन्दा चार मेयर चार मुख गर्नुहुन्छ

भक्तपुर । एचआईभी संक्रमित तथा लागुपदार्थ प्रयोगकर्ताहरुको उपचार, पुनःस्थापना तथा जीविकोपार्जनमा भक्तपुरका चार वटा नगरपालिकाले बेवास्ता गरेको सरोकारवाला निकायहरुले आरोप लगाएका छन् । जिल्लाको चाँगुनारायण नगरपालिका– ३ झौखेलस्थित सुरुवात सामुदायिक उपचार तथा पुनःस्थापना केन्द्रको सामाजिक लेखाजोखा कार्यक्रममा सहभागी सरोकारवालाहरुले स्थानीय तहले अपनत्व नलिँदा एचआईभी संक्रमितहरुको उपचार, पुनःस्थापना तथा जीविकोपार्जनमा कठिनाइ भएको बताएका हुन् । उनीहरुले […]

जनप्रतिनिधिको तलब र भत्ता, बालबालिकालाई पोशाक र जुत्ता

भक्तपुर । भक्तपुरको चाँगुनारायण नगरपालिकाका उपप्रमुख रमेश बुढाथोकीले आफूले पाउने तलब भत्ताको रकम विद्यालय पढ्ने बाबुनानीहरुको लागि खर्च गरिरहेका छन् । आफूले तलव भत्ता नलिने उद्घोष गरेका उनले पाएको रकमले नगरपालिका क्षेत्रका सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई आवश्यक सहयोग गरिरहेका हुन् । पत्रकारहरु संग आफ्नो दुई वर्षको कार्यकालको अनुभव बाड्दै उपप्रमुख बुढाथोकीले दुई वर्षमा करिब १० […]

एनजिओसंगको सहकार्यलाई निरन्तरता दिने चाँगुनारायणको प्रतिवद्धता

चाँगुनारायण नगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम तथा योजना र बजेट तर्जूमाबारे सरोकारवालासंग छलफल अघि बढाएको छ । चाँगुनारायण कार्य क्षेत्र बनाई कार्यक्रम तथा गतिविधिहरु गरिरहेका गैह्र सरकारी संस्थाहरुसंग सोबारे छलफल भएको हो । उक्त अवसरमा नगर प्रमुख जीवन खत्रीले समृद्ध र उत्थानशील चाँगुनारायण नगर निर्माणमा योगदान गर्न आग्रह गरे । नगरपालिकाले […]